मङ्लबार, बैशाख ११, २०८१

पहिचानका लागी आन्दोलन होईन अभियान चलाउछौ- ठोरी बासी

काठमाडौं भाद्र १८,  पर्साका ठोरी र निर्मलबस्ती गाबिसका बासीन्दाले आफुहरुको पहिचान लडाई कुनै आन्दोलन नभई अभियान हुने बताएका छन्। बिहिबार दुबै 11948064_948505568505575_808937268_nगाबिसमा पुनं सत प्रतिशत घरधुरीकै हस्ताक्षर सेतो कपडामा गराउदै उनिहरुले पहिचान र सामार्थका आधारमा टेकेर संबिधान निर्माण हुनलागेकाले सरकार ले आफुहरुको माग संबोधन गर्नेुपर्ने निर्मलबस्तिका पुर्ब गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ ले बताउनु भयो । उहाले भन्नुभयो हामी दुबै गाबिस का शत प्रतिशत जनता चितवन अर्थात हालको प्रदेश नं ३ मा समायोजन हुन चाहाको दशकौ देखी हो ।

आफुहरुको भाषा,जाताजाति ,रहनसहन, सस्कृति मात्रै नभएर भुगोल पनि चितवन सहित प्रदेश नं ३ सगं मिल्ने भएकाले सिमाकंनमा प्रदेश नं ३ मा नै राखिनुपर्ने ठोरीका पुर्ब गाबिस अध्यक्ष उध्दब सापकोटा को भनाई छ । प्रमुख राजनैतिक दलले ७ प्रदेशको सिमांकन गर्दा साबिक ठोरी प्रदेश नं ३ अर्थात पुरानै चितवन मा समायोजन गरेपनी बिधयकमा समायोजनको कुनै रुप नदेखिएपछि पुनं दुखीत भएका छौ अगुवा रामप्रकाश कुवंरले भन्नुभयो ।

हामी हाम्रो जायज माग प्रति कुनै आन्दोलन गर्दैनौ मात्र सबै मिलेर अभियान चलाउछौ त्यसैले सरकारले पहिचान र सामर्थ्य मा टेक्छ भने हामी साबिक ठोरीका सत प्रतिशत जनताको भावना कदर गर्नुपर्ने अभियान का संयोजक प्रकाश खनाल ले बताउनु भयो । उहाले भन्नुभयो हामीले खुशियाली मनायौं ,दिप प्रज्वलन गर्यौ ,बाजा गाजा घन्कयौं तर हाम्रो बिजयी अभिभावक सभासद बाटै हाम्रो खुशी लुटियो यसले साबिक ठोरीबासीलाई अत्यन्तै मर्माहित बनाएको उहाको भनाई छ । ठोरी र निर्मलबस्ति २०३४ साल अघि चितवन मै थियो ।साबिक ठोरी चितवनको माडि नगरपालिका र भारतको सिमाना सगं जोडिएको छ