बिहिबार, बैशाख ६, २०८१

परिमार्जित विधेयकको थप धारा पारित गर्नका लागि संविधानसभाको बैठक आज पनि बस्दै

नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित

काठमाडौ भाद्र २८, संविधान सभाको आइतवार बसेको बैठकले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ । सविधान  सचिवालयकाका अनुसार प्रस्तावित धारा १ र २ मा कुनै पनि संशोधन नपरेका र सर्वसम्मत रुपमा र प्रस्तावित धारा ३ मा प्रमुख तीन राजनीतिक दलद्वारा प्रस्तुत संशोधन प्रस्तावलाई बैठकमा उपस्थित सभासद्को दुईतिहाईले स्वीकृत गरेपछि संविधानको अङ्ग मान्दै पारित गरिएको जनाएको छ ।
प्रस्तावित संविधानको धारा ३ का लागि संशोधन प्रस्तुत गरेका सभसासद रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको Sambidhanप्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

पारित गरिएको संविधानका प्रस्तुत धारामा के व्याख्या र परिभाषा गरिएको छ त ?

संविधानसभाले पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा गर्दै यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख गरिएको छ । यस्तै, धारा दुईमा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यस्तै, धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्था गरिएको छ छ । त्यस्तै आज ११ बस्ने कार्यसूची तय गरिएको संविधानसभाको अर्को बैठकले बाँकी दफागत व्यवस्था निर्णयार्थ । प्रस्तुत गर्दै यही भदौ क्रमस पारित गर्दै लाने तयारी रहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031