मङ्लबार, बैशाख ११, २०८१

पत्रकार लम्साललाइ पितृशोक

काठमाडौं भाद्र २७, पत्रकार एवम नेपाल प्रेस युनियनका सल्लाहकार शिब लम्साललाई पितृशोक परेको छ । लम्सालका पिता ओमकार लम्सालको आज अपरान्ह 12003996_1059568404077576_9150070175435896879_n९२ वर्षको उमेरमा आज बिरगंजमा निधन भएको थाहा भएको छ । स्वर्गीय लम्सालका दुई श्रीमती ३ छोरी र एक छोरा हुनुहुन्छ । लम्साल लामो समय देखि सुगर र मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो ।

युनियनद्दारा शोक व्यक्त:  यसैवीच नेपाल प्रेस यूनियनको आफ्ना केन्द्रीय सल्लाहकार तथा पूर्व महासचिव शिब लम्साललाई भाद्र २७ गते आइतवार कुसे औसी अर्थात बुवाको मुख हेर्ने दिननै परेको पित्रृशोकको खबरले युनियन मर्माहत भएको जनाएको छ।
त्यस्तै युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी द्दारा जारी शोक वक्तत्वयमा परमात्मामा लिन हुनुभएका ओमकार राज लम्सालको चीर शान्तिको कामना गर्दै सल्लाकार शिव लम्साल तथा समग्र लम्साल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यस दुखद घडिमा www. kantipurhotline.com  को तर्फबाट पत्रकार  लम्साल लगायत समस्त शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्न गर्दछौं