शुक्रबार, चैत्र १६, २०८०

पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमणप्रति महासङ्घको विरोध

पत्रकारलाई प्रेस स्वतन्त्रताको एवम् भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग

काठमाडौ आश्विन ५ ,मुलुकका विभिन्न भागमा राज्य र गैरराज्यपक्षबाट पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण गर्ने, भौतिक कारबाहीको धम्की दिने, समाचार संकलनमा अवरोध पु-याउनेजस्ता घटना तीब्र हुँदै गएकोमा नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चिन्ता व्यक्त गरेको Press release 5 asoj about madhes missionछ ।  यही आश्विन ४ गते वीरगन्ज–१५ स्थित बहृमचोकमा रहेको महासङ्घ पर्सा शाखाको भवनमा १० /१५ जनाको अज्ञात समूहले झ्यालको सिसा फुटाउनाका साथै शाखाको सूचनापाटी जलाएकामा महासङ्घले विरोध गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा सोही दिन नारायणी क्षेत्रीय अस्पतालमा घाइतेको अवस्थाबारे समाचार सङ्कलन गर्न पुगेका पत्रकार नरेश सर्राफ, आरके पटेल, राम सर्राफ र नेहाल खानलाई प्रदर्शनकारीले दुव्र्यवहार गरेको तथा अजित भुजेल र राकेश पटेलमाथि कुटपिट गर्नाका साथै भुजेलको मोटरसाइकलसमेत तोडफोड गरेको जनाइएको छ ।  त्यस्तै  विज्ञप्तिमा समाचार सङ्कलनका लागि कलैया पुगेका महासङ्घ बाराका सचिव जयनारायण यादव, कोषाध्यक्ष भैयाराम साह र कार्यसमिति सदस्य शङ्कर मिश्रमाथि प्रदर्शनकारीले हातपात र दुव्र्यवहार गरेको, विराटनगरस्थित रोडशेष चोकमा सोमबार समाचार सङ्कलन गर्ने क्रममा पत्रकार अवधेशकुमार झा र श्यामसुन्दर सुतिहारलगायत पत्रकारमाथि पत्रकारको परिचय दिँदा दिँदै दुव्र्यवहार र आक्रमण भएको जनाइएको छ ।

समाचारको विषयलाई लिएर महासङ्घ नुवाकोटका सहसचिव रामहरि गजुरेलमाथि साङ्घातिक आक्रमण हुनाका साथै महासङ्घ नुवाकोटका सभासद् धु्रव रावल र पत्रकार भोलाराज पौडेललाई भौतिक कारबाही गर्ने धम्की दिइएकोप्रति महासङ्घले विरोध गरेको छ ।  पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममाथि भैरहेको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाउँदै विज्ञप्तिमा प्रेस स्वतन्त्रताविरोधी सबै घटनाको शब्दमा भत्र्सना गरिएको छ । महासङ्घले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई प्रेस स्वतन्त्रताको निर्वाध उपभोग एवम् भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।