बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंघ मधेश मिडिया मिसनद्दारा ५ बुँदे प्रतिवेदन सार्वजनिक

काठमाडौं आश्विन ५, नेपाल पत्रकार महासंघले तराई÷मधेसमा जारी आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्याको अध्ययन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका लागि महासचिव उजिर मगरको संयोजकत्वमा गठित Press release 5 asoj about madhes mission Press release 5 asoj about madhes mission2‘मिडिया मिसन टोली’ ले स्थलगत भ्रमण पछि आज स्थलगत अध्ययनबाट प्राप्त ५ बुँदे प्रतिवदेन आज सार्वजनिक गरिएको  छ ।

प्रतिवेदनमा मिसनले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा भाद्र २९ देखि आश्विन १ गतेसम्म स्थलगत अध्ययन गरेको जनाउँदै प्रतिवेदनमा मध्य तराई/मधेस क्षेत्रमा जारी आन्दोलन, बन्द हड्ताल तथा कतिपय क्षेत्रमा जारी निषेधाज्ञा, दङ्गाग्रस्त क्षेत्रको घोषणालगायत अवस्थाले सञ्चारकर्मीको आवागमन र सञ्चारमाध्यमको वितरण प्रणाली सहज हुन नपाउँदा त्यस क्षेत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नराम्ररी कुण्ठित हुन पुगेको र ती क्षेत्रमा कार्यरत पत्रकार सरकारी र आन्दोलनकारी दुवै पक्षको दबाबका साथै भौतिक आक्रमण तथा मानसिक त्रास र धम्कीको सामना गर्न बाध्य रहेका कारण असुरक्षित महसुस गरिरहेको उल्लेख गरिएको छ ।

महासचिव मगरको नेतृत्वमा केन्द्रीय सदस्यत्रय सुरज आचार्य, अजय अनुरागी, शीतल महतो, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल र क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय सदस्य जनार्दन पोखरेलसहित सहभागि रहेको महासंघका सचिव प्रभात चलाउँनेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।