शनिबार, बैशाख ८, २०८१

नोट अफ डिसेन्ट’ सहित संविधानलाई स्वागत

हुन त संविधानले महान् जनयुद्ध, मधेस आन्दोलन, जतीय– क्षेत्रीय आन्दोलनले प्राप्त गरेका सवै उपलव्धिलाई लिपिबद्ध गर्न सकेको छैन । ‘हुँदै नहुँनु भन्दा कानो मामा बेश’ भने जस्तै भएको छ यो संविधान । संविधान त बन्यो तर अव यहि संविधानका कारण अरु नेपाली सन्तीले रगत बगाउन नपरोस्, अंगभंग हुनु नपरोस्, ज्यान फाल्नु नपरोस् र देशमा रोजगारी नपाएर विदेशिनु नपरोस् । यो अर्थमा ‘नोट अफ डिसेन्ट’ सहित संविधान दिवस मनाउनुको सार्थकता छ ।
phadindra

-फणीन्द्र ज्वाला
नेपालको सातौं संविधान नेपाली जनताले प्राप्त गरेका छन् । आफ्नो भाग्य र भविष्य आफ्नै हातले लेख्ने ‘एक युगमा एक दिन एक पटक’ आएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको सातौ संविधानमा ३५ भाग र ३०८ धारा रहेका छन् । संविधान गरी गर्ने दिन आश्विन ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउन सार्वजनिक  विदाको घोषणा गरेको छ । अव नेपालको ईतिहासमा आश्विन तीन ‘संधिान निर्माणको दिन’का रुपमा दर्ज हुने छ । आश्विन  तीनलाई संविधान दिवसको रुपमा हरेक बर्ष मनाईने छ, सार्वजनीक बिदाका रुपमा ।
यहि संविधान प्रप्तिका लागि यो देशमा लाखौं जनताले आफ्नो जीवन उत्सर्ग गरे । आफ्नो लाउँ–लाउँ र खाउँ–खाउँको उमेर ती वीर वीरंगनाहरुले देश र जनताको लागि त्याग गरे । तीनै वीरगंनाको त्यागको फल हो यो संविधान । त्यसैले यसमा सवै क्षेत्र, बर्ग, जाति, धर्म, संस्कार, संस्कृती, लिङ्ग, समूदाय, अल्पसंख्यक, सवै सवैले अपनत्व बोध गर्न सक्नुपर्छ । बिधिबत रुपमा २०६३ सालदेखि सुरु भएको संविधान निर्माण प्रक्रियाले यत���बेला सार्थकता पाएको छ ।

यस वीचमा पनि धेरै उथलपुथलकारी परिघटनाहरु भए । पहिलो संविधान सभाको निर्वाचनले संविधान सभा जारी गर्न नसकी बिघटन हुन पुग्यो । देशमा फेरी अर्को संविधान सभाको निर्वाचन गर्नु परेको तीतो यथार्थ सवैमा सर्वबिद्धितै छ । संविधानको लागि भन्दै जनताका होनहार छोराछोरीले प्राण उत्सर्ग मात्र गरेनन्, देशले करोडौँ धनराशि समेत खर्चिनु प(र्यो । संविधान जारी त भयो तर यसको कार्यान्वयमा चुनौती देखा पर्न थालिसकेका छन् । हुन त संविधानले महान् जनयुद्ध, मधेस आन्दोलन, जतीय– क्षेत्रीय आन्दोलनले प्राप्त गरेका उपलव्धिलाई पूर्णरुपमा लिपिबद्ध गर्न सकेको छैन । ‘हुँदै नहुँनु   भन्दा कानो मामा बेश’ भने जस्तै भएको छ यो संविधान । यस अर्थमा ‘नोट अफ डिसेन्ट’सहित संविधान दिवस मनाईयो भने सार्थकता होला भन्ने मेरो बुझाई हो ।

त्यसैले संविधान जारी गर्न असहमति जनाउने मधेसी–थारु समूदायका नेताहरु यो संविधान जन्मदै आफ्नो मृत्युको मिति तोकेर जन्मिएको आरोप लगाउदै आएका छन् । संविधानप्रति असहमति जनाउनेहरुमा मधेसवादी दलहरु, थारुहट, नेकपा माओवादी (विप्लव) समूह, वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, नेकपा माओवादीका संयोजक मातृका यादव, लिम्बुवानका नेता आदि रहेका छन् । सरकारले संविधान जारी गर्ने दिनलाई विजय उत्सवका रुपमा दीपावली मनाएको छ भने सोहि दिनलाई कालो दिनका रुपमा आन्दोलनकारी शक्तिहरुले घोषणा गरेका छन् । संविधान विरोध जनाउदै विप्लव समूहले त नेपाल बन्द नैं आवहन ग-र्यो । संविधान त बन्यो तर अव यहि संविधानका कारण अरु नेपाली सन्नतीले रगत बगाउन नपरोस्, अंगभंग हुनु नपरोस्, ज्यान फाल्नु नपरोस् र देशमा रोजगारी नपाएर विदेशिनु नपरोस् ।

संविधान निर्माणमा तीन दलका नेताहरुको महत्वपूर्णं भूमिका रहेको छ । देशलाई सधैँ असफल राष्ट्रको रुपमा चिनाउन खाज्नेलाई यस पटक भने तीन दलका नेताहरुले देश र जनताको लागि एक हुँदै संविधान निर्माण गरेर राम्रो उदाहरण दिएका छन् । तीन दलका शीर्ष नेताहरु सुशिल कोईराला, प्रचण्ड, र केपी शर्मा ओली बधाईका पात्र बनेका छन् । उनीहरुलाई नेपाली जनताले मात्र खुल्ला दिलले बधाई दिएका छै्रनन्, बधाईको ओईरो छिमेकी मुलुक, अन्य मित्र राष्ट्र र संयुक्त राष्ट्रसंघबाट पनि आएको छ र बधाईको सन्देश आउँने क्रम जारी छ । संविधान जारी भएपछि देशको तरल राजनीतिक अवस्थाको फाईदा लुट्दै आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने तत्व र समूहहरु यतिबेला हायलकायलको स्थितीमा पुगिसकेका छन्, उनीहरुको आयश्रोतको मुख टालिएकाले नीद हराम भएको छ ।
संविधान अन्तिम सत्य होईन । यसमा उल्लेख गरिएका केहि असन्तोषका बुँदा आगामी दिनमा परिमार्जन र परिस्कृत गर्दै जान पनि सकिन्छ । त्यसैले सधैं आन्दोलन र असन्तोषको ज्वाला मात्र दन्काउन चाहनेहरुलाई वार्ता, सम्वाद, सहमति र सहकार्यका माध्यमबाट सहअस्तित्व निर्माण गर्न सरकारले आहन गरेको छ । वार्ताको टेबलमा बसेर समस्या समाधान गर्न पनि डराउने र सधैं नेपाली जनताको नाममा फेरी आन्दोलनको ध्वाँस दिनेलाई सरकाले अबिभावकत्व निर्वाह गर्दे शान्ति र संविधानको मूल धारमा ल्याउ पहल गर्नुपर्छ ।

यता फेरी संविधान निर्माण भई जारी गर्ने अन्तिम तयारीमा रहेका दलका शिर्ष नेताहरु, राष्ट्रपति डा। रामवरण यादव, सभामुख, आन्दोलनरत मधेसी दलका नेतालगायतलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिशेषदूतका रुपमा शुक्रबार नेपाल आएका विदेश सचिव एस जयशंकरले भेटवार्त गरी सहमतिका आधारमा संविधान जारी गर्ने सल्लाह दिएर गएका छन् । उनको भेटघाटको सुझाव सवैलाई समेटेर संविधान जारी गर्नु पर्ने भन्ने थियो । संविधान निर्माणमा लागेको एउटा दल एनेकपा ९माओवादी० ले त भ्रमणको लागि उनको यो ठीक समय नभएको समेत बतायो । कि उनी एक हप्ता अघि आएको भए  ठीक हुन्थ्यो कि त उनी अवको एक हप्तापछि आएको भए ठीक हुने एमाओवादीका अध्यक्ष प्रचण्डले बताएका छन् । उनको नेपाल आगमन संगै धेरै नेपालीहरुले आशंका गरेका थिए उनी यो संविधान जारी गर्ने अन्तिम क्षणमा आएर संविधान माथि हस्तक्षप गर्न खोज्दै त छैनन् रु एक छिमेकी मुलुकको हितैसिका नाताले उनी नेपाल आउनु त ठीक थियो । तर बिधि, प्रक्रिया र पद्धतीका साथ दुई तिहाई भन्दा बढिको संख्यामा बहुमतका आधारमा निर्माण भएको संविधानमा यदि सिकाएत गरेको भए त्यो नेपाली जनतालाई स्वीकार्य हुने थिएन ।

सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएको जनताका आश्रीत परिवारलाई जनही रु १० लाख दिने घोषणा समेत गरेको छ । यसैगरी आन्दोनका क्रममा घाईते भएका हरुको उपचार पनि सरकारले नैं गरिदिने घोषणा भइसकेको छ । सवै आन्दोलनकारीका जायज माग सरकारले वार्ताको माध्यमद्धारा समाधान गर्नै भएकाले तत्काल वार्तमा बस्नका लागि सरकारले गरेको आहन आन्दोनकारीहरु अटेर गरिरहेका छन् । यता आफुहरुको आन्दोलन असफल हुन लगेको पनि उनीहरु महसुस गरिरहेका छन् । त्यसैले आन्दोलनकारीहरु सवै एउटै मोर्चामा गोबद्ध हुने कुरा बाहिर आईसकेको छ । आन्दोनकारीले सरकारलाई चेतावनी दिईरहेको अहिलेको अवस्था हो । यदि देश र जनताको हीतको लागि राजनीतिक आन्दोलन गरेको हो भने ती दलहरुले jftf{मा बस्न आनाकानी गर्नु हुदैन । मधेसकै जनताको धारणा पनि आन्दोलन गरेर शान्ति हुदैन भन्ने रहेकाले सवै आन्दोलनकारीले आन्दोलनको बाटो अन्त्य गर्दे वार्ताको बाटो समात्नु नै बेश हुने छ । संविधान निर्माणलाई द्धन्द्ध सिर्जना गर्ने विषय बनाउने नभई यसलाई द्धन्द्ध समाधान गर्ने सुत्रका रुपमा लिएर सवै असन्तुष्ट पक्षहरु एकापसमा जुट्दै र हातेमाले गर्दै अगाडी बढ्नु नैं देश र जनताका लागि हित हुने छ ।

प्रतिक्रियाको लागि  : samabeshi@gmail.com