शुक्रबार, चैत्र १६, २०८०

नेविसङ्घद्वारा भत्र्सना

काठमाडौ भाद्र २८,  नेपाल विद्यार्थी सङ्घले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरुमा भएको तोडफोड एवम् पार्टीका 12027714_10153621850477329_7238000718370427638_nपूर्वसभापति एवम् लोकतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको शालिक ढालेको घटनाको निन्दा गर्दै घटनाबो भत्र्सना गरेको छ ।

त्यस्तै सङ्घका अध्यक्ष रञ्जीत कर्णद्दारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका नाममा धनुषा, महोत्तरी, सुनसरी र सप्तरी जिल्लामा भएको पार्टी कार्यालय तोडफोडको भत्र्सना गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्वाञ्जलि समेत व्यक्त गर्दै २००७ सालदेखिको नेपाली जनताको चाहना पूरा गर्न संविधानसभाले चालेको कदमको स्वागत गरेको छ ।