मङ्लबार, बैशाख ११, २०८१

नेपालभित्र हिन्दी फिल्म,च्यानल तथा गीतमाथि रोक लगाउँने माओवादीको उद्घोष

भारतको अघोषित नाकाबन्दीविरुद्ध नेकपा माओवादीद् आक्रोसित

काठमाडौ आश्विन १०, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतको अघोषित नाकाबन्दीविरुद्ध आक्रोश व्यक्त गर्दै नेपालभित्र हिन्दी फिल्म, च्यानल Prakanda-5-200x200तथा गीत रोक लगाउने भएको छ । सोमबारदेखि नेपालभरि हिन्दी फिल्म, च्यानल तथा विज्ञापन रोक्ने र भारतीय नम्बरप्लेटका गाडी समेत चल्न रोक लगाउने आज सो पार्टीद्दारा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले उद्घोष गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा उहाँले नाकाबन्दीविरुद्ध वैकल्पिक आपूर्ति व्यवस्थाका निम्ति तुरुन्तै पहलकदमी लिन र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउन आवश्यक रहेको भन्दै सरकारको समेत ध्यानाकर्षण गराएको छ