शुक्रबार, बैशाख ७, २०८१

नेपालको संविधान,०७२ आश्विन ३ गते जारी गरिने

काठमाडौ भाद्र २८, नेपालको संविधान, २०७२ आगामी आश्विन ३ गते साँझ ५ बजे जारी गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका Sambidhanअनुसार मुलुकको नयाँ सविधान जारी गर्ने निमन्त्रणा सहित राष्ट्रपति डा रामवरण यादवसंग भेटघाटका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने तयारी रहेको बुझिएको छ ।

त्यस्तै आश्विन ३ गते लागि प्रस्तावित मितिमा संविधानसभा भवनमा विशेष समारोहका वीच राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुने र यसको लागि मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031