शुक्रबार, चैत्र १६, २०८०

निषेधित क्षेत्र तोड्न खोजेपछि राजधानीमा हिन्दूवादी र प्रहरीबीच झडप

निषेधित क्षेत्र तोड्न खोजेपछि

काठमाडौं भाद्र १५ , हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल,सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक तथा कांग्रेस नेता पूर्वमन्त्री खुमबहादुर खड्का, download (9) images (6)मुक्तिनाथका पिठाधिश कमलनयनाचार्य र सन्त बाबाहरुले चारैतिरबाट संविधानसभा घेराउ गरेका छन् ।
सनातन हिन्दुराष्ट्र स्थापना महाअभियान तथा कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्का सहितको टोली तीन कुनेतर्फबाट प्रदर्शन गर्दै बानेश्वर आएको थियो। प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो ।
हिन्दुवादी आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।
यसैवीच सनातन हिन्दू राष्ट्र माग गर्दै राप्रपा नेपालले माइतीघरतिरबाट प्रदर्शन गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा भएका राप्रपा नेपालका कार्यकर्ताले पनि जुलुससहित प्रदर्शन गरेका थिए ।