शनिबार, बैशाख ८, २०८१

नक्कली नोटको कारोबार गर्दै आएका न्यौपाने प्रहरीको हिरासतमा

काठमाडौ भाद्र १६ , गत सोमवार राजधानीको कामपा १६ गोङगबु बसपार्क नजिकैको आकाशे पुलमा रहेको फोटोकपि पसलमा फोटोकपी गरी नक्कली नोट ब1559828002नाउने र सोको कारोवार गर्ने गरेका नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ गरि आज पत्रकार  सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलको टोलीले न्यौपानेलाई पक्राउ गर्दै निजसंग एकातर्फ मात्र फोटोकपी रु १  हजारका ८० थान नक्कली नोट समेत बरामद भएको आज महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

स्नातक तहमा अध्ययनरत अभियुक्त न्यौपानेले कसैले सिकाएर नभएर आफँैले प्रयोगका रुपमा नक्कली नोट छापे पनि आफूले हालसम्म प्रयोग नगरेको बताए । अभियुक्त न्यौपानेलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतबाट खोटा चलनअनुसार मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।