बुधबार, बैशाख १२, २०८१

दिल्लीमा प्रवासी नेपालीहरुवीच भलिबल टुनामेन्ट

नयाँ दिल्ली /गोबिन्द पोख्रेल,  भाद्र १९,   जहाँ नेपाली त्यहाँ नेपाली धरोहर भन्ने यर्थाथता लाई आत्मासात गर्दै प्रवासी नेपाली प्रेरणा समितिको आयोजनामा DSCF3741 DSCF3728भलिबल टुनामेन्टको आयोजना गरिएको छ ।  नयाँ दिल्ली स्थित अशोक विहारको मैदानमा सम्पन्न उक्त टुनामेन्टको नेपाल आवाज पब्लिकेशनका अध्यक्ष देबेन्द्र कुवँरले उद्घाटन गर्नु भएको थियो ।  प्रतियोगितामा विभिन्न संघसस्थाका दुइदर्जन प्रतियोगिहरुको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रतियोगिताको उदेघाटन सत्रमा पत्रकार गोबिन्द पोख्रेल ,नेपाली समाज सेवा समितिका महासचिव कृष्ण आचार्य, सुपा देउराली टुर एण्ड, ट्रावल्सका प्रतिनिधी राजु कुवँर, प्रभु मनि ट्रान्सफरका प्रतिनिधीद्वय सुनिल मिश्रा र मित्र घिमिरे, गुरुङ्ग समाजका महासचिव खुम गुरुङ्ग, हाम्रो स्वाभिमानका केन्द्रीय सचिव शिवलाल ज्ञवाली, मोर्डन ईरा टुर एण्ड ट्रावल्सका प्रतिनिधी नविन गैरे र अकलादेवी टुर एण्ड ट्रावल्सका प्रतिनिधी श्याम केसी लगायतको उपस्थिती रहेको थियो ।