बुधबार, बैशाख १२, २०८१

थरुहट तराई पार्टीद्दारा शेर्पालाई निःसर्त रिहा गर्न माग

काठमाडौं भाद्र १८ , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव एवम् शेर्पा स्वायत्त प्रदेशको cbkलागि संघर्षरत आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरिएकोमा थरुहट तराई पार्टी नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै थरुहट तराई पार्टी, नेपालका अध्यक्ष भानुराम थारुद्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दमन, उत्पीडनमा पारिएका आदिवासी जनजातिहरुको दमीत आवाजलाई आफ्नो अभिव्यक्ति एवम् सामाजिक सञ्जालमार्फत बुलन्द उठाई आमजनसमुदायमा सचेतीकरण गर्दै आइरहेका आदिवासी जनजाति आन्दोलनका अभियन्ता शेर्पालाई बिनाकारण गृह प्रशासनको आदेशमा सादा पोकासमा आएका प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गरेको कार्यप्रति खेद व्यक्त गरेको छ ।

साथै विज्ञप्तिमा लोकतान्त्रिक मुलुकममा लोकतान्त्रिक मूल्यमान्यता अनुसार अधिकारका लागि बिचार अभिव्यक्ति प्रवाह गरेकै भरमा यसरी पक्राउ गरी थुन्नु, मुद्धा लगाउनु भनेको मानवअधिकार, आदिवासी जनजाति अधिकारको मूल्यमान्यता र वैयक्तिक एवम् वाक स्वतन्त्रताको हकको विपरित भएको हुनाले नेपाल सरकार गृहप्रशासनले अविलम्ब शेर्पालाई निःसर्त स–सम्मानपूर्वक रिहा गर्न माग गरिएको छ ।