शुक्रबार, बैशाख ७, २०८१

टेकोमाडौंमा परिणत राजधानीमा रथजात्रा दुर्घटनाको कारक नवनोस

आसन्न इन्द्रजात्रा पर्व यसवर्ष हर्षोल्लासका साथ खटजात्रा  गदै भोलिका दिनमा पुर्ननिर्मापछि परम्परागतरुपमा मनाउँने प्रतिवद्धता व्यक्त गर्दै जहाँ जे जस्तो अवस्था छ त्यहि अनुरुप मनाऔं नकि भय डर त्रासको वातावरणमा   

इन्द्रजात्रामा  रथजात्रा कि खटजात्रा भन्ने बहस,जात्राको नाममा जात्रा मनाउँने लिढेँढिपी

श्रीजन झा /काठमाडौं भाद्र १८,    १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतन सहित आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा मनाईने MG_4808sjh_roadphotography_indrajatra_2071प्रस्तुत जात्राको क्रममा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। त्यस्तै सवभकु , भक्तपुरको महाकालीनाच, मजिपातको मजिपात लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा किलागलका पुलुकिसी नाच नचाउने गरिन्छ। त्यस्तै राजधानीबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ। साथै कुमारीघरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार प्रदर्शन गर्ने गरेको सास्वत सत्यता हामीवीच घाम जस्तै छलर्ङग रहेको छ ।

तर वर्ष २०७२ को क्रममा भने गत बैशाख१२ गतेको महाविनाशकारी महाभूकम्प र त्यस पछिका श्रृखलावद्ध परकम्पनका कारण राष्ट्रिय पर्व इन्द्रजात्रा पर्व सञ्चालनको क्रममा अनेकन उल्झन सिर्जना भएको अवस्था छ । भनाइको आशय महाभूकम्पका कारण हनुमानढोका दरबार क्षेत्र पूर्ण भग्नावशेष हुनुको अलावा राष्टाध्यक्ष समेतको उपस्थितमा प्रधानमन्त्री, मन्त्रीहरू र विदेशी कूटनीतिक नियोगका उच्च अधिकारीहरूले कुमारी, भैरव र गणेशको पूजाअर्चना र दर्शन गर्ने गद्दी बैठक पनि पूर्णरुपमा भत्किएर धराशायी  भएको मात्र होइन श्री कुमारी विराजमान हुँनु भएको कुमारीघर समेत टेकोको भरमा ठडिएको अवस्था छ । त्यतिमात्र नभएर जात्रको क्रममा रथयात्रा गरिने मार्गको दाँया दाँया रहेको अधिकाश घर समेत टेको नै टेको आडमा ठडिएको अवस्थाप्रति कोहि पनि अनभिज्ञ छैनन र नहोला पनि ।  समग्रमा भन्ने हो भने काठमाडौंको नामले चिनिने राजधानी अहिले टेकोमाडौंमा परिणत भएको छ ।

हो यि र यस्तै कारणकाले गर्दा यो वर्ष इन्द्रजात्राको रथ खटमा राख्ने कि नराख्ने भन्ने विषयमा समस्या भएको छ। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले 5anup_20150903_9 anup_20150903_13क्षतिग्रस्त वसन्तपुर क्षेत्रमा जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी घुमाउने रुटका अधिकांश बस्ती टेकोको भरमा अडिएका कारण एक त रथ घुमाउने समस्या अर्कोतर्फ जात्रा आयोजना गर्ने स्थान क्षतिग्रस्त भएको अवस्थामा विहिवार   इन्द्रजात्राको पूर्व तयारीको लागि भन्दै जात्रा व्यवस्थापन समितिको सम्पन बैठकमा   इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जुनसुकै अवस्थामा पनि जिवित देवतालाई रथमै राखेर इन्द्रजात्रा मनाउनु पर्ने तर्क गर्दै रथयात्रा हुँने मार्गको अवलोकन गर्दा सवैमार्ग सुरक्षित रहेको दलिल प्रस्तुत गर्नु भएको थाहा भएको छ । त्यस्तै अध्यक्ष शाक्यले २०९० सालको भूकम्पमा पनि रथमै राखेर देवता परिक्रमा गरिएकोे र यो वर्ष पनि रथमै जात्रा गरिनुपर्नेमा आफ्ने अभिमत प्रस्तुत गर्दै स्थानीय १८ वटा टोलका प्रतिनिधि, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयका प्रमुख सहितको टोलीले रथ परिक्रमा गर्ने स्थानको परिक्रमा गर्दा एक दुई स्थान बाहेक अन्य स्थानमा समस्या नरहेको बताउँदै रथ परिक्रमा गर्ने सबै स्थानको दृश्य संकलन गरि संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइसकेको बताउँनु भएको चर्चाले  गरमागरम भएको   अवस्थाकावीच गरिएको रिपोटिङ यस्तो   छ ।
यर्थातमा भन्ने हो भने कुमारी रथ यात्रा हुने मार्गमा सहजरुपमा सवारी साधन त चल्न नसक्ने अवस्थामा अध्यक्ष शाक्यको प्रस्तुत भनाइ मेरो गोरु बाह्रै टक्काको उपज सिवाय हरु केहि होइन भन्दै एक स्थानीयले आफ्नो नाम उल्लेख नर्गर्ने शर्तमा भने हनुमानढोका दरबारक्षेत्र विकास समिति होस वा गुठि संस्थान वा कामपा अझ भनौ जात्रामा प्रत्यक्ष सरोकार राख्ने स्थानीय आम जनसमूदाय समेतले देस काल र परिस्थतीलाई दृष्टिगत गर्दै यसवर्ष रथमा भन्दा खटमा राखेर कुमारी जात्रा गर्दा राम्रो हुने अभिमत प्रस्तुत गर्दा पनि एकोहोरो रुपमा रथ यात्राको जिकिर गर्नु आफैमा अन्यौलको प्रसंग बनेका बताए ।
यसैप्रसंगमा हामीले व्यवस्थापन समितिका अध्यक्ष शाक्यलाई तपाइले रथ जात्राको विकल्प खोज्न नसकिने भन्ने अभिव्यक्ति दिनु भएको चर्चा छ महाभूकम्पका कारण , रथजात्रा गरिने मार्ग र राष्ट्रप्रमुख उपस्थित भएर पूजा अर्चना गर्ने गद्दी बैठक समेत भत्किएको अवस्थामा कसरी संभव छ र यसवीचमा कुनै त्यस्तो दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका गर्दा शाक्यले हामी संग भने बैशाख १२ गते पछिको भयावह अवस्थाप्रति कोहि पनि अनभिज्ञ छैन । त्यस्तै जात्राको क्रममा रथ जात्रा होस वा खट जात्रा त्यो राज्यले निर्णय गर्ने विषय भएको जनाउँ दिदै व्यवस्थापन समितिको तर्फबाट जुनसुकै अवस्थामा तयारी रहनुपर्ने अवस्थालाइ दृष्टिगत गर्दै पहल थालेको मात्र हो भन्ने जनाउँ दिए । साथै उहाँले जात्राको पूर्व तयारी स्वरुप जात्रा मार्गको स्थलगत अध्ययन पनि संस्कृति मन्त्रालयमा बुझाएको भिडियो रिर्कड पछि नेपाल पञ्चाङग निर्णायक समितिको तर्फबाट जात्राको साइत पत्र प्राप्त भएको अवस्थालाइ हेर्ने हो भने खट जात्रा भन्दा पनि रथ जात्राको नै संभावना बलियो भएको जिकिर समेत व्यक्त गरे । त्यस्तै गरि संभावित दुर्घटनाको सवालमा भने यसवीचमा त्यस्तो कुनै भव्यतव्य आइलाग्यो भने त्यसको जिम्मेवारी व्यवस्थापन समितिले नभइ सम्पूर्ण जिम्मेवारी  नेपाल सरकारको   हुँने दलिल प्रस्तुत गरे ।

anup_20150903_16स्मरण रहोस जात्रा मनाइनुपर्ने पक्षमा कसैको दुइमत छैन तर रथ जात्रा गर्दै गदाए यदि कुनै दु र्घटना नहोस तर भइहाल्यो भने यसबाट हुन सक्ने क्षतिको त्रातनै नगरी राज्यले  जात्राको नाममा जात्रा मनाउँने लिढेँढिपी गर्नु कुनै पनि अर्थमा तर्क संगत मान्न सकिदैनन । त्यसैले यसको लागि सरोकारवाला मन्त्रालयले गहन अध्ययन गर्दै व्यवस्थापन समितिमात्र नभइ स्थानीय सरोकार राख्ने सवैपक्ष संग संवाद सहितको गृहकार्य गर्नु जरुरी रहेको छ ।

त्यस्तै यसवीचमा महत्वपूर्ण विषय भनेको रथयात्राको क्रममा पर्ने मार्गमा अवस्थित जुन घर टेको लगाएको ठडिएको छ त्यसको नजिकबाट रथ लैजाँदा हुँन सक्ने संभावित दुर्घटनाको अध्ययन नगरी एकतर्फी रुपमा निर्णय गरियो भने स्थिती आफैमा भयावह हुँने पक्षलाई नकार्न सकिदैन । त्यस्तै  महाभूकम्पको  परकम्पन अझै रोकिनसके अवस्था प्रति समेत  हामी कोहि पनि अनभिज्ञ छैनौ   यसवीचमानै  त्यस्तो कुनै  घटना भयो भने   हुन सक्ने क्षति  अझ भनौ  रथ   तान्दै गर्दा त्यसको भाइव्रेतका कारण टेकोको भरमा ठडिएको  घर  ढल्यो भने मागदौडमा  हुँन सके संभावित मानविय क्षति ,  हो सय यस्ता अनेकन  नजरअन्दाज गर्न नमिल्लने यावत कारणले गर्दा  ……. तसर्थ राष्ट्रिय पर्वको रुपमा मनाईने आसन्न इन्द्रजात्रा पर्वलाई यसवर्ष हर्षोल्लासका साथ भोलिका दिनमा पुर्ननिर्मापछि परम्परागतरुपमा मनाउँने प्रतिवद्धता व्यक्त गर्दै जहाँ जे जस्तो अवस्था छ त्यहि अनुरुप मनाऔं नकि   भय डर त्रासको वातावरणमा  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031