बुधबार, बैशाख १२, २०८१

टीकापुर र बाँकेका पत्रकार दोहरो मारमा रहेको महासंघ मिसनको ठहर

काठमाडौं भाद्र १५,  नेपाल पत्रकार महासंघको मिडिया मिसन टोलीले संविधानको प्रारम्भिक मस्यौदामा सिमाङकन लगायतका सवालमा विमति जनाउँदै कैलालीको टीकापुर र बाँकेमा भएको आन्दोलनको क्रममा उतपन्न परिस्थिती पछि स्थानीय क्षेत्रमा कार्यरत पत्रकारहरु दोहरो मारमा परेको निष्कर्ष निकालेको छ ।महासंघका महासचिव एवम् मिसनटोलीका संयोजक उजिर मगरको नेतृत्वमा रहेको टोलीले स्थलगत रिपोटिङको क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी दुबै press matter bhadraपक्षबाट स्थानीय पत्रकार असुरक्षित रहेको वस्तुस्थिती सहितको प्रतिवेदन सार्वजनिक गर्न आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले ‘मिसनको प्रतिवेदनले आन्दोलनकारी र सुरक्षाकर्मीबाट पत्रकारहरु असुरिक्षत भएको तथ्य पुष्टि गरेको छ । उनीहरुका क्रियाकलापले पत्रकारहरु भौतिकरुपमा असुरक्षित, धम्कीका कारण सेल्फसेन्सरसीप गर्न बाध्य भएको बताउँनु भएको छ । त्यस्तै डा विष्टले पत्रकारलाई कुनै पनि पक्षबाट भौतिक आक्रमण, धम्की, त्रास नदिन सरोकारवाला पक्षलाई आग्रह गर्दै अनलाइनमा प्रकाशन भएका विषयलाई लिएर सुरक्षाकर्मीबाट अनलाईन बन्द गर्ने जस्ता कार्य गरेकामा आपत्ति सहित पत्रकार र सञ्चारमाध्यमको सुरक्षा र निर्वाध सञ्चालनको व्यवस्था माग गर्नुभएको छ ।

त्यस्तै मिसन संयोजक महासचिव उजिर मगरले कैलाली टीकापुरमा सदभाव कायम गर्न मध्यस्थकर्ता नभएको कारण पनि थप समस्या सिर्जना भएको बताउँदै आन्दोलनरत पक्ष र सुरक्षाकर्मीहरूबाटै पत्रकारहरु बढी असुरक्षित रहेकाले उनीहरुसँग केन्द्रदेखि जिल्ला तहसम्म पत्रकार महासंघले समन्वय गर्नुपर्ने, सञ्चारगृहले पत्रकारहरुलाई सुरक्षाका लागि आधारभूत पत्रकारको पहिचान हुने सामग्री उपलब्ध गराउनुपर्ने, जातीय, क्षेत्रीय मुद्दामा सबै सञ्चार गृहले सद्भाव नखल्बलिने सम्पादकीय नीति अबलम्बन गर्नुपर्ने, सामाजिक सञ्जालमा पत्रकारहरुले जातीय, क्षेत्रीय सद्भाव बिथोलिने शब्द प्रयोग गर्ननहुने, पत्रकारले आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्ने, सदभाव कायम गर्नका लागि नागरिक समाजको तहबाट निष्पक्ष रहेर मध्यस्थता गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ ।  मिसन टोलीमा संयोजक मगर, सदस्यहरुमा कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्यहरू माधव दुलाल, लक्की चौधरी, प्रकाश विक्रम शाहका साथै डण्ड गुरुङ्ग, रुद्र सुवेदी र भरत शाह रहनु भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।