शुक्रबार, बैशाख १४, २०८१

जातीय सद्भाव एवम धार्मिक सहिष्णुता एवम् सद्भावलाई अक्षुण्ण राख्न सफल होस:  राष्ट्रपति

काठमाडौं भाद्र १९,  श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति डा रामवरण यादवले मातृभूमिको सभ्यता, सम्पन्नता र images (6)विविधतालाई जोगाउन आआफ्ना स्थानबाट सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्म नछाडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकालपर्यन्त अक्षुण्ण राखेर मनुष्य जन्म सफल बनाउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै शुभकामना सन्देश उहाँले पर्वले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति आदिले विविधतायुक्त देशलाई एकताका रुपमा आबद्ध गरी विविध जातीय एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगेकाले सबैले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै सबैबीच समझदारी र भाइचाराको भावना कायम गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभएको छ ।