शनिबार, बैशाख ८, २०८१

जलेश्वर र गौरमा अनिश्चितकालिन कर्फयु

काठमाडौं भाद्र २७, महोत्तरीको जलेश्वर आसपासमा स्थानीय प्रशासनले बिहान ९ बजेबाट फेरि कर्फ्यु लगाएको छ । प्रदर्शनकारीले बिभिन्न स्थानमा जारी कर्फ्यु download (1) news_70991mahotariउल्लंघन गर्दै प्रदर्शन जारी राखेका कारण फेरि कर्फ्यु लगाएको हो । यस अघि आइतबार जारी कर्फ्यु बिहान ६ बजेदेखि ९ बजेसम्म भने कर्फ्यु हटाइएको थियो ।
धनुषामा भने जनकपुर आसपास भदौ २४ गतेबाट जारी कर्फ्यु अझै हटाइएको छैन । प्रदर्शनकारीले जनकपुरका बिभिन्न स्थानमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।

यसैवीच रौतहट सदरमुकाम गौरमा आइतबार मध्यान्ह १२ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । भाद्र ७ गते देखि नै दङ्गाग्रस्त क्षेत्र घोषित यस जिल्लामा आइतबार संयुक्त मधेशी मोर्चाले प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सदरमुकाम गौर र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । गौर नगर क्षेत्रको उत्तरमा निर्माणाधीन बसपार्क, दक्षिणमा टिकुलिया, पूर्वमा बडहरवा पुल र पश्चिममा भन्सार क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।