शुक्रबार, चैत्र १६, २०८०

जन्माष्टमीका दिन भक्तजनलाई बाहिरैबाट भगवानको दर्शन गराइने

काठमाडौं भाद्र १८ , गत बैशाख १२को महाभूकम्पका कारण मन्दिरको अवस्था जोखिमपूर्ण रहेकाले संभावित दुर्घटनालाई दृष्टिगत गर्दै कृष्ण जन्माष्टमीका दिन images (5)पूजाका लागि आउने भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको ललितपुर उपमहानगरपालिकाले जनाएको छ ।

फलस्वरुप संभावित जोखिमकैकारणले कृष्ण जन्माष्टमीका दिन भगवान कृष्णको पूजामा पूजामा आउने श्रद्धालु भक्तजनले डबलीमा रहेर पूजा गर्नुपर्ने भएको हो । ललितपुर स्थित कृष्ण मन्दिरमा जन्माष्टमीका दिन मन्दिरमा राष्ट्रपति डा.रामवरण यादव सहित उपत्यकाभित्रका भक्तजनको ओइरो लाग्ने गरेको छ ।