शनिबार, बैशाख ८, २०८१

छिटो दर्शन गर्न चाहनेलाई रु १ हजार शुल्क,मन्दिरको ढोका बिहान ३ बजे नै खुल्ने

काठमाडौं भाद्र २९, हिन्दु महिलाको महान् पर्व तीजको अवसरमा लागि पशुपतिनाथको दर्शन गर्न चाहने वत्रालुहरुको लागि पशुपति क्षेत्र विकास कोषले विगतको वर्षमा जस्तै यस पटक पनि सशुल्क तीजमा दर्शनको व्यवस्था गरेको छ । कोषका अनुसार यसरी पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि रु एक pashupati_umeshहजारको टिकटको व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै हरितालिका तीजको अवसरमा बिहान ३ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने जानकारी आज कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा  दिईएको छ ।

त्यस्तै  पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आउने अशक्त तथा वृद्धवृद्धालाई छिटोछरितो पङ्क्तिको प्रबन्ध गरिने जानकारी दिदै भक्तजनहरुको गोदान, पूर्णपात्रो जस्ता दानका लागि छुट्टै स्थानको व्यवस्था गर्नुका् अलावा    मेला भर्न आउने भक्तजनलाई व्यवस्थित गर्न सञ्चालक समितिका सदस्य बबिता पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गनुको अलावा आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनु भएको छ ।