बिहिबार, बैशाख ६, २०८१

क्यान महासंघ सुनसरीमा भाडभैलो

इटहरी आश्विन ११, कम्प्युटर ब्यवसायीहरुको संगठन कम्प्युटर एसोसिएसन अफ नेपालको सुनसरी स्थित शाखा क्यान महासंघमा पदाधिकारीवीचको आन्तरिक कलह हाल चरम उत्कर्षमा पुगेको छ । गत ९ गते क्यान सुनसरी भंग गरी क्यान महासंघ सुनसरी गठन गरेको एक साता बित्नcannnnn नपाउदै महासंघमा आन्तरीक कलह मच्चिन थालेको हो ।  गत शनिबार क्यान महासंघ सुनसरीले भिमप्रशाद गिरीको नेतृत्वमा ९ जना कार्यसमिति सदस्य चयन गरेको थियो । क्यान महासंघ सुनसरी गठन प्रकिृयामा सहमती जुट्�� नसकेपछि क्यानमा आवद्ध अधिकांस सदस्यले आपत्ती जनाउदै आएका थिए । धरानमा रहेका करीब २० जना क्यानमा आवद्ध सदस्यहरुले सामुहिक प्रेस बिज्ञप्ती समेत जारी गरेका छन ।

धरानका क्यानमा आवद्ध सबै सदस्यहरुले निर्वाचन प्रक्रियामा भाग नलिएको बताएका छन । साथै उनिहरुले क्यान महासंघको सुनसरी शाखाबाट साधरण सदस्य समेत नरहने गरी बाहिरीने निर्णय समेत गरेका छन । सहमति र कानुन विपरीत भएको निर्वाचन प्रकृया बारे केन्द्रलाई जानकारी गराएपनी केन्द्रबाट कुनै सहयोग प्रप्त नभएको हुँदा महासंघबाट सामुहिब पदत्याग गरी वाहिरिनु परेको क्यान सुनसरीका पूर्व उपाध्यक्ष प्रदिप चन्द्र दाहालले बताए ।

धरानका सदस्यहरु बिनानै क्यान महासंघ सुनसरीको निर्वाचन प्रकृया सम्पन्न भएको थियो । यता क्यान महासंघ सुनसरीका नव निर्वाचित अध्यक्ष भिम प्रसाद गिरीसंग सम्पर्क गर्दा उनले निर्वाचन प्रकृयामा असहमती जनाउदै आएका धरानमा रहेका क्यानमा आवद्ध सम्पूर्ण सदस्यहरुसंग अनौपचारिक रुपमा कुराकानी भइरहेकोले सवैलाई मिलेर जान अग्रह गरेका छन् । उनले चाँडै छलफलको आयोजना गरी समाधान खोजीने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031