शुक्रबार, बैशाख १४, २०८१

क्यान्सर रोग निराकरणकालागि सरकारले आवश्यक सहयोग गर्ने उपप्रम सिंहको प्रतिवद्धता

काठमाडौ भाद्र ३१,  नेपाल अर्बुद रोग निवारण संस्थाको ३३औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले क्यान्सर रोग निराकरणका लागि सरकार गम्भीर रहेको बताउँदै क्यान्सर अस्पतालमा चाहिने सामानका लागि prakashman-व्यक्तिगत र सरकारी क्षेत्रबाट  सहयोग गर्ने प्रतिवद्धता  व्यक्त गर्नु  दिनु भएको छ ।

त्यस्तै उपप्रम सिहले मुलुकको प्रधानमन्त्री स्वयम् पनि क्यान्सर बिरामी हुनुहुन्छ त्यसैले यसको उपचारका लागि सबै क्षेत्रबाट पहल हुँनु पर्नेमा जोड दिदै उहाँले मुलुकमा नयाँ संविधान जारी भएपछि समृद्धिको मार्ग प्रसस्त हुँने बताउँनु भएको छ । त्यस अवसरमा उपप्रम सिहंले सानोछोरी स्मृति क्यान्सर सेवापदक समाजसेवी महेश श्रेष्ठ, प्राविधिकतर्फ डा रामकुमार घिमिरेलाइ त्यस्तैगरि उत्कृष्ट शाखा सभापतिमा काठमाडौँ शाखाका अजय सुवाललाई, गोमादेवी बरालस्मृति पदक भक्तपुर क्यान्सर अस्पतालका प्रेम सबजु र अबुर्द रोग पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका उद्वबराज भेटवाललाई प्रदान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा ,पूर्वमुख्यसचिव तीर्थमान शाक्य र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ लगायतका वक्ताले बोल्नु भएको थियो