बिहिबार, बैशाख १३, २०८१

एन्फालाई साधारणसभा नगर्न,नगराउन पुनरावेदनको आदेश

  काठमाडौ भाद्र १६ ,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आज हुँने भनिएको साधारणसभा नर्गन नगराउँन अन्तरिम आदेश माग गर्दै परेको रिट निवेदन माथि सुनवाइ गर्दै पुनरावेदन अदालत ललितपुले मंगलवार अन्तरिम आदेश जारी गरेको छ । यसअघि एन्फाका उपाध्यक्ष विजयनारायण मानन्धर सदस्य सुमन anfa-logo-finalकेसीले साधारण सभा सम्बन्धी कुनै पनि जानकारी नदिई एकतर्फी रुपमा साधारणसभा गर्न लागेको भन्दै अदालतमा रिट दायर गरेका उल्ल्ेख रहेको छ ।

त्यस्तै प्रस्तुत दायरा गरेको रिटमा यही भाद्र १७ गते बिहीबारसम्म कुनै पनि काम कारबाही नगर्न पुनरावेदन अदालतका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले अन्तरिम आदेश दिदै  न्यायाधीश कार्कीको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा छलफलका लागि बिहीबार दुवै पक्ष अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।