बिहिबार, बैशाख ६, २०८१

एनओसीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौ भाद्र १७ , नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष श्रेष्ठले उहाँका
11938177_817831181666853_223212575_nनिकटतम प्रतिद्वन्द्वी उमेशलाल प्रधानले ८ मतको अन्तरमा पराजित गर्दै एनओसीको अध्यक्षमा विजयी बन्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार निर्वाचित हध्यक्ष श्रेष्ठले १७ मत प्राप्त गर्नु भएको थियो भने प्रधानले ९ मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै, उपाध्यक्षमा धीरेन्द्र प्रधान, ज्योति राणा, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र वान्तवा निर्विरोध निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा रतनकुमार टण्डन निर्वाचित भएका छन । त्यसैगरि महासचिवमा टेन्डी शेर्पा र सहमहासचिवमा राजीव श्रेष्ठले चुनाव जितेका छन । समाचारमा उल्लेख भएअनुसार निर्वाचनको क्रममा सहमहासचिवमा राजीव श्रेष्ठ उहाँका प्रतिद्वन्द्वी चतुरानन्द वैद्यको समान १३/१३ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत छिनोफानो गरिएको जनाइएको छ ।
सदस्यहरुमा सञ्जीव तुलाधर, निलेन्द्र श्रेष्ठ, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ, अशोक बज्राचार्य, समिमउल्ला अन्सारी, रमेशकुमार श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र आङटेन्डी शेर्पा निर्वाचित भएको उल्लेख गरिएको छ