बिहिबार, बैशाख १३, २०८१

आश्विन ३ गते दीपावली गरी विजयोत्सव मनाउन सत्तारुढदल काँग्रेस र एमालेको आह्वान

काठमाडौ भाद्र ३०,  संविधानसभामार्फत नयाँ संविधान जारी हुँने दिन अगामी आश्विन ३ गते साँझ हर्षोल्लासकासाथ घर घरमा दीपावली गर्न मनाउन नेपाली काँग्रेसले आम नेपालीमा आह्वान गरेको छ ।  त्यस्तै काँग्रेसले जिल्ला पार्टी तथा भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूलाई पार्टीले निर्देशन समेत जारी गरेकोछ ।
c351baकाँग्रेस मुख्यालका मुख्य–सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा यस्तो आव्हान गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको इतिहासकै सर्वाधिक महत्व राख्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा हुँदैछ । संविधानसभामा मतदान प्रक्रियाबाट संविधान निर्माणको प्रक्रिया आज पूरा हुँनुको अलावा नेपाली जनताले नयाँ संविधान पाउने निश्चित भएकामा नेपाली काँग्रेस हार्दिक स्वागत गर्दछ गर्दै यो क्षण आम नेपाली जनताको विजयको क्षण भएको उल्लेख गरिएको छ ।

यसैवीच नेकपा एमालेले पनि आम जनसमुदायलाइ संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिन आगामी आश्विन ३ गते साँझ आ–आफ्ना निवास, घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दीपावली गर्न आह्वान गरेको छ । पार्टी महासचिव ईश्वर पोख्रेलद्वारा आज जारी विज्ञप्तिमा असोज ४ गते विभिन्न सङ्घसंस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्तरुपमा जुलुस, ¥याली, छलफल, अन्तक्र्रिया लगायतका कार्यक्रम समेत गर्न पार्टी मातहतका संगठनलाई निर्देशन दिईएको छ ।