शनिबार, बैशाख ८, २०८१

आपराधिक गतिविधिलाई समाप्त पार्न प्रहरी प्रतिवद्ध : वरिष्ठ प्रहरी उपरीक्षक खनाल

काठमाडौ भाद्र १८,  नेवाः भोलन्टियर्स नामक संस्थाद्दारा आज राजधानीमा आयोजित ‘फेस टु फेस’ कार्यक्रममा बोल्दै महानगरीय अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अजुन सुकै अपराध र अपराधिक कार्यमा संलग्न व्यक्ति र उनिहरुको गतिविधिलाई समाप्त पार्न नेपाल प्रहरी प्रतिवद्ध  रहेको बताउँनु भएको छ । साथै उहाँले यसको लागि प्रहरी मात्रैको प्रयास अपुग हुँने बताउँदै विना वर्दीको प्रहरी अर्थात नागरिक समाजको सहयोग आवश्यक रहेको बताउँनु भएको छ ।

कार्यक्रमा नेवाः भोलन्टियर्सका अध्यक्ष मनोज नेवाःले समाजमा सुरक्षा सहितको शान्ति बनाइराख्न प्र्रहरी र नागरिकवीचको सहकार्य आवश्यक रहेको पक्षमा जोड दिदै यस किसिमको कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भएको थियो । कार्यक्रमा कामपा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्र बज्राचार्य लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।