बिहिबार, बैशाख १३, २०८१

आज संविधानसभाको बैठक बस्दै, परिमार्जित विधेयक माथि दफावार छलफल गरिने

काठमाडौ भाद्र २२,  संविधानको परिमार्जित विधेयक ०७२ माथि आजदेखि संविधानसभामा दफाबार छलफलको प्रक्रिया सुरु हुने भएको छ । आजको बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभा विधेयकमाथि दफाबार छलफल गरि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  संविधानसभा बैठक आज ११ वजेका लागि  बोलाइएको छ ।  sambidhan-masyauda-2072त्यसपछि संविधानसभा अध्यक्षले संविधानसभा बैठकमा संशोधनकर्तालाई संशोधन प्रस्तावसहित संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिन ५ देखि ७ मिनेटको समय दिनुहुने बुझिएको छ ।

यसअघि संविधानको परिमार्जित विधेयकमा ५६ वटा संशोधन प्रस्ताव दर्ता भएको संविधानसभा सचिवालयले जनाएको छ । यसरी दर्ता भएको संशोधन उपरको छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिने र संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थामा लिपिवद्ध गरिने बुझिएको छ । यसवीचमा प्रस्ताव उपर दुई तिहाइ मत प्राप्त नभएको अवस्थामा उक्त प्रस्ताव स्वत अस्वीकृत हुनेछ ।