शुक्रबार, बैशाख १४, २०८१

आज श्रीकुमारीको रथयात्रा सहित काठमाडौँ उपत्यकामाइन्द्रजात्रा मनाइदै

काठमाडौं आश्विन १०, आज उपत्यकामा राष्ट्रिय पर्व प्राचिनकाल देखि मनाउँदै आएको इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुरलगायत स्थानमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने anup_20150925_10जात्राका् क्रममा आज श्रीकुमारी श्री गणेश र श्री भरवको रथयात्रा समेत गरिन्छ । त्यस अवसरमा आज हनुमानढोका दरवार परिसरमा राष्ट्रप्रमुख डा रामवरण यादव, प्रधानमन्त्री मन्त्रीगण, कुटनिटीक नियोगका प्रमुख लगाउतका उच्च पदस्थ व्यक्ति र हजारौ सर्वसाधारणहरुको उपस्थिती रहने गर्दछ ।

इन्द्रजात्राको प्रसंगमा प्राप्त किंवदन्तीअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ । इन्द्र्र्रलाई बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तिमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र्रदहमा लगी स्नान गराएको प्रसंग जोडिएको पाइन्छ ।  इन्द्र्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।