बिहिबार, बैशाख १३, २०८१

आज विभिन्न कार्यक्रमको आयोजना सहित १०१ औ बिपी जयन्ती मनाइँदै

काठमाडौ भाद्र २४, आज नेपाली नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको विभिन्न कार्यक्रमको आयोजना गर्दै १०१औ जन्मजयन्ती मनाइँदै छ । काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय, सुन्दरीजललगायत देशका विभिन्न कार्यक्रमको आयोजना हुँदै गरेको थाहा भएको छ । bpयसैक्रममा काठमाडौं काँग्रेसले पनि आज अपरान्ह विषेश  गोष्ठिको आयोजना गर्न लागेको सभासपति एवम सभासद भिमसेनदास प्रधानले जानकारी दिनु भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो ।