शुक्रबार, चैत्र १६, २०८०

आज परिमार्जित विधेयक माथि तीनदलले प्रस्तुत गरेको साझा संसोधन प्रस्ताव उपर छलफल गरिने

काठमाडौ भाद्र २४, संविधानसभामा जारी संविधानको परिमार्जित विधेयक माथिको छलफल छोट्याएर संविधान जारी गर्ने तयारी सुरु भएको छ । सभासदहरुले राखेका संसोधन Sambidhanप्रस्तावमाथि छलफल सकिएकाले आज प्रमुख तीनदलले प्रस्तुत गरेको साझा संसोधन प्रस्ताव पेश हुनेछ । प्रमुख तीनदलका पप्रमुख सचेतकहरुले संसोधन प्रस्ताव पेश गर्दै त्यसको औचित्यका विषयमा प्रष्ट पार्नुे तयारी रहेको बुझिएको छ ।

आज बिहान ८ बजे बस्ने भनिए पनि बैटक सुरु भइनसकेको थाहा भएको छ । साथै आजको बैठकमा साझा संसोधन प्रस्ताव पेश गर्दै प्रस्ताव माथि प्रमुख तीनदलका तर्फबाट दफावार छलफल सुरु गरिने बुझिएको छ । संशोधन प्रस्ताव उपरको दफाबार छलफल सकिएपछि तीनदलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूची रहेको छ । सम्भव भए आजै नभए भोलि प्रमुख तीन दलका नेताहरुले सम्वोधन गर्नुहुने संविधानसभा सचिवालयले जनाएको छ ।