मङ्लबार, बैशाख ४, २०८१

आजबाट तीज सुरु हुँदै, महिला पत्रकारहरुको लागि पत्रकार मञ्चद्दारा सामूहिक दर

a
(सामूहिक दरको कार्यक्रममा सहभागी महिला पत्रकारहरु )

काठमाडौ भाद्र २९,  हिन्दु महिलाको महान् वत्रपर्व तीज आजबाट सुरु हुँदैछ । यसैक्रममा तीजको वर्त सुरु हुँनुपूर्व तीजका व्रतालुहरुले आज दर खाने प्रचलन cरहिआएको छ । तीजको दिन पुरा दिन निराहार बस्नु पर्ने भएकोले पूर्व सन्ध्यामा मनाइने दर खाने पर्व अन्र्तगत आज ब्रत बस्ने हिन्दू महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर राती अबेर दर खाने प्रचलन रहिआएको छ ।

त्यस्तै आजको दिन टाढाटाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दूध लगायतका मीठा परिकार खाने गर्छन् ।
यसैक्रममा आज नेपाल पत्रकार मन्चले सञ्चारको क्षेत्रमा क्रियाशील महिला पत्रकारहरुको लागि सामूहिक दर खाने कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्र्ममा नेपाली सञ्चारमाध्यमा क्रियाशील एकदर्जन भन्दा बढि महिला सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

धर्मशास्त्रमा व्याख्या भएअनुरुप हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार महिलाहरु तीजको ब्रत बस्ने गर्छन् । व्रतका दिन दिदीबहिनी र आफन्तजन भेट गरी दुःखसुखको गीत गाएर रमाइलो गर्ने परम्परा रहि आएको छ ।