शनिबार, बैशाख ८, २०८१

अर्थपूर्ण वार्ता गर्न महासचिव मुनको आग्रह

काठमाडौ भाद्र २७, नेपालमा संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको त्यहाँको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै Ban-Ki-moonआफ्ना प्रवक्ता स्टेफान डुजारिकमार्फत   शनिवार संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । Captureसाथै उहाँले नेपालका प्रमुखदल लगायतका सरोकारवाला सवैलाइलाई अर्थपूर्ण वार्तामा सहभागी हुँन आग्रह गर्नुभएको छ ।

त्यस्तै महासचिव मुनले नेपालका प्रमुख राजनीतिक दलले असुन्तुष्ट भनिएका पक्ष संग वार्ताको लागि भन्दै संविधान निर्माणको क्रममा जारी मतदान प्रक्रिया केही दिन रोकेकोमा त्यसको स्वागत गर्दै यो मौकालाई सबैपक्षले सदुपयोग गर्न आग्रह गर्दै वार्ता र अहिंसाको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मानमा पनि जोड दिनुभएको प्रबक्ताले बताउनु भएको उल्लेख गरिएको छ ।