बिहिबार, चैत्र १५, २०८०

अमूर्त सांस्कृतिक सम्पदाको रुपमा पहिचान गरिएको लाखेनाच

काठमाडौ भाद्र १७, नेपालकै एक महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाको रुपमा पहिचान गरिएको लाखेनाच काठमाडौ उपत्यका भित्रका बिभिन्न नेवार बस्तीहरुमा रहेका बिभिन्न शक्तिपिठको उत्पति तथा यहां प्रचलित बिभिन्न जात्राहरु कुनै न कुनै रुपमा लाखे वा दैत्यसंग सम्बध्द रहेको पाइन्छ । चाहे त्यो काठमाडौ शहरको बिधिवत बस्ती बसाल्ने सवालमा होस, या न्येतअजिमाको छोरीको रुपमा रहको काठमाडौंकी जीवत देवी कुमारीको प्रसंग होस या कीर्तिपुरको इन्द्रायणी जात्राको प्रसंगमा होस कुनै न कुनै रुपमा लाखेको प्रसंग जोडिएको छ ।

वेग्लै किसिमको महत्व वोकेको लाखेनाच अव परम्परागत समय र सिमाभित्र मात्र सिमित रहेन । यो नाच आज देशका बिभिन्न उत्सवमा समेत अनिवार्य मानिन थालेको छ । यसै क्रममा मच्छे गाउँमा स्थानीय युवाहरुको प्रयासमा गाइजात्रापछि मनाइने स्थानीय जात्राको क्रममा विगत देखि चल्दै आएको लाखे नाच प्रदर्शन गरिदै ।