शुक्रबार, जेष्ठ १९, २०८०

सार्वजनिक यातायातमा विभागले सुरु गर्यो अनुगमन

काठमाडौ भाद्र २८,  सरकारले वैज्ञानिक भाडा दर लागू गरेपनि भाडा बढ्दा तत्काल बढ्ने र घट्दा नघट्ने समस्या देखिन थालेपछि यातायात व्यवस्था विभागले images (1)सार्वजनिक यातायातमा अनुगमन सुरु गरेको जनाएको छ । पटकपटक पेट्रोलियम पदार्थको भाउ घटेपछि विभागले भाद्र २३ गते निर्णय गरी २५ गतेदेखि नयाँ भाडादर लागू गरेको थियो । जसअनुसार न्यूनतम रु १३ भाडा कायम गरिएको छ तर यो भाडादर सार्वजनिक सवारीसाधनका चालक र सहयोगीले लागू नगरेको यात्रुले गुनासो गरेपछि विभागले अनुगमन सुरु गरेको हो ।
भाडादर लागू नगर्नेलाई कारबाहीको दायरमा ल्याउन विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको संयोजकत्वमा महासङ्घ, उपभोक्तावादी सङ्घ संस्था र ट्राफिक प्रहरीको सहभागितामा केन्द्रीय अनुगमन समिति गठन गरी आइतबारबाट काम सुरु गरिएको विभागले जनाएको छ ।