मङ्लबार, जेष्ठ २३, २०८०

सामाजिक सञ्जालमार्फत सभासदलाई महासंघको दवाव, शुक्रवार बबरमहलमा खवरदारीसभा

काठमाडौं भाद्र २४ , नेपाल पत्रकार महासंघले ‘नेपालको संविधानको परिमार्जित विधयेक–२०७२’ को स्वतन्त्रताको हकसम्बन्धी विभिन्न धाराप्रति गम्भीर असहमति प्रकट गर्दै संशोधन प्रस्ताव संविधानसभामा दर्ता भइसकेको अवस्थामा त्यसको सुनुवाई गरी संशोधनमा दबाब दिन घोषणा गरेको दबाबमूलक विरोधका कार्यक्रम अन्तर्गत आज फेसबुक/ट्वीटरलगायत release FNJ andolan 24 bhadraसामाजिक सञ्जाल र एसएमएसमार्फत महासंघको नारासहितको अभियान सञ्चालन गरेको छ ।
यसै क्रममा महासंघले आज मुलुकभर छरिएका आफ्ना सबै सदस्यहरूमार्फत विहान ११ः०० बजे एकैसाथ ट्वीटर/फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्धात्मक व्यवस्था संशोधन गरौं, संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराऔं । –नेपाल पत्रकार महासंघ’ भन्ने स्ट्याटस पोष्ट गर्नुका साथै आ–आफ्नो क्षेत्रका सभासदहरूलाई सोही व्यहोराको मोबाइल सन्देश एसएमएसमार्फत पठाएर दबाब दिएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सो सन्देश महासंघको वेबसाइट www.fnjnepal.org र आफ्नो फेसबुक स्ट्याटस पोष्ट गरी प्रारम्भ गर्नु भएको थियो ।
त्यस्तै भोलि २०७२ भाद्र २५ गते शुक्रबार विहान ११ः०० बजे सोही विषयमा सार्वजनिक ध्यानाकर्षण गर्न काठमाडौंको बबरमहलमा खवरदारीसभा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सक्रिय सहभागी हुन महासंघ सञ्चार सम्वद्ध सबै संघसंस्था, पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सवैमा हार्दिक आहृवान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031