मङ्लबार, जेष्ठ २३, २०८०

सरकारसँग ११ बुँदे सम्झौता पछि डा.केसीले आज अनशन तोड्दै

काठमाडौं भाद्र २०,  चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायतमा माग राखेर १३ दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसी (नेपालका अन्ना हजारे) र सरकारबीच ११ बुँदे सम्झौता गरिएको छ । यो सम्झौतासँगै डा. केसीले आज अनशन तोड्दै छन । प्रा.डा केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनका सुझाव अनुसार यसपछि बस्ने पहिलो
images (9)मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने, चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने सहमति गरिएको छ ।

उक्त प्रतिवेदनको सुझाव बमोजिम ३ महिनाभित्र संसदमा चिकित्सा शिक्षासम्बन्धी नीति तयार पारी सो बमोजिम कानूनको मस्यौदा बनाएर पेश गरिने छ ।त्यस्तै काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नवीकरण नगर्ने र यो विषयमा राष्ट्रिय योजना आयोगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषण गरी आवश्यक कारवाही गरिने र एमबीबीएस कार्यक्रममा अधिकतम वार्षिक सिट १३५, ११५ र १०० मा झारिने छ । एमबीबीएस अध्ययनका लागि अधिकतम शुल्क ३५ लाख कायम गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031