मङ्लबार, जेष्ठ २३, २०८०

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने परिवालदलको चेतावनी

काठमाडौं भाद्र २५,     नेपाल परिवार दलले तराइमा जारी आन्दोलनलाइ उपेक्षा गर्दै संविधान लेखन प्रक्रिया सुचारु गर्न नहुँनेमा आफ्नो अभिमत प्रकट गर्दै आन्दोलकारीको माग संवोधन गर्न सरकार गम्भीर नभए पार्टीको तर्फबाट सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्नेसम्मको चेतावनी दिएका छन । शुक्रवार पाटी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै 12016471_10203315268041155_809586123_nपरिवार दलका अध्यक्ष एकनाथ ढकालले आन्दोलनकारीसंग वार्ताका लागि भन्दै दुइ दिन भएपनि संविाधान निर्माणको जारी प्रक्रिया स्थगन गर्नु स्वागतयोग्य भएको र यसवीचमानै आन्दोलनकारीको जायज माग संवोधन गर्न सरकार र प्रमुख दल जागरुक हुँनु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले संविधान निर्माणको सबै प्रकृयामा हाल सम्म निरन्तर सहभागी हुदै सहमती तथा सहकार्यमा संविधान जारी गर्नुपर्ने मान्यतामा  अडिग रहदै आएको परिवादल प्रमुख दलहरूको तर्फबाट औचित्यहिन तवरबाट विद्यमान यावत समस्यालाइ नजरअन्दाज गर्दै संविधान जारी गर्ने पक्षमा केन्द्रीत भयो भने हामीले पनि अन्य निर्णय गर्न वाध्य हुने भन्ने जनाउ दिदै शान्तिपूर्ण आन्दोलनमा गोलि चलाएर नागरिकको हत्या गर्नु मानव अधिकारको उलङ्घन र उग्र अलोकतान्त्रिक सरकारी रबैया भएको र यस्तो निन्दनीय कार्य नर्गन सकारको ध्यानाकर्षन गराउँद देशका विभीन्न भुभागमा आन्दोलित आन्दोलन र सहमति वेगर बहुमतको आधारमा जारीहुने संविधानले कुनैपनि समस्याको समाधान नगर्ने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031