काठमाडौ भाद्र २०, व्यवस्थापिका–संसद्को आजको बैठकको समापनको क्रममा सभामुख सुवास नेम्वाङले गत भाद्र १३ गते अनिश्चितकालका लागि स्थगित गरिएको संविधानसभाको बैठक आगामी मंगलवार बस्ने जनाउ दिनु भएको छ । उक्त दिन बिहान ११ बजे बस्ने बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकमाथि प्रमुख दल लगायतका अन्य दलले दर्ता गरेको संशोधन प्रस्तावउपर छलफल हुने बताईको छ ।