बुधबार, असार २२, २०७९

राजनीतिक आन्दोलन र परिवर्तनको साक्षी : नेपालगन्ज

10635810_10203255077990068_7296462987375676846_n-बसन्त शर्मा
संविधान जारी गरेको घोषणा गर्ने दिन अर्थात ३ गते आइतबार देशको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोईरालाको गृह जिल्ला बाँकेमा २ फरक दृश्य देखिए । एउटा काँग्रेसको ऐतिहांसिकता बोकेको त्रिभुवन चौक जहाँ मधेसी मोर्चाका कार्यकर्ताहरु कालो झण्डा सहित विरोधमा देखिन्थे भने उता रहेको अर्कौ चौक बी.पी. चौकमा प्रमुख दलका कार्यकर्ताहरु दिप प्रज्वलन सहित नयाँ संविधानलाई स्वागत गर्दै थिए । बाँके जिल्ला त्यसमा पनि नेपालगन्ज राजनीतिक रुपमा पञ्चायतकलदेखि नै आफ्नै इतिहाँस बोकेको जिल्लाका रुपमा चिनिन्छ ।
त्यस अघि राणा शासन काल खण्डमा पनि पश्चिम कमाण्ड र तत्कालिन माओवादीको जन युद्धको कालखण्डमा पनि एउटा फरक क्षेत्रका रुपमा चिनिन्थ्यो त्यति मात्रै नभएर २०६४ संविधान सभा पूर्व भएको पहिलो मधेश आन्दोलको विज समेत नेपालगन्जमा परेको थियो । त्यति मात्रै भनेर पनि नपुग्ला यहाँ राजाको प्रत्यक्ष शासनलाई सर्मथन गर्नेहरुको पनि उत्तिकै उपस्थिति रहन्छ ।  पछिल्लो समय नेपालगन्ज प्रधानमन्त्रीको गृह जिल्लाको नामले बढी चर्चामा रह्यो । तर केही दल,केही ब्यक्ति वा भनौं केही संगठनले कोईरालालाई बाँकेबासीका रुपमा स्विकार गर्दैन्न यद्यपी कोईरालाको निर्वाचन क्षेत्रका रुपमा भने सबैलाई स्विकार्य नैछ । प्रधानमन्त्री कोईरालाको निर्वाचन क्षेत्रमा नेपालका प्राय सबै खाले जातजाती ,धर्म, वर्ग र समुदायका नागरिकहरुको बसोबास छ । नेपालगन्जमा संविधान जारी भएको घोषणाको प्रभाव मिश्रित पाइन्छ । संविधान सभाको समिकरण जस्तै यहाँ पनि समिकरणका कारण विरोधको स्वर त्यति चर्को नदेखिए पनि एउटा वर्गको अपनत्व छैन नयाँ आएको संविधानमाथि । यहाँका स्थानिय वासिन्दा संविधानका विषयमा सर्मथन र विरोध भन्दा पनि सबैलाई मिलाउन सकेको भए भन्ने प्रतिक्रिया दिन चाहन्छन् । कुनै समुदाय ठाडै विरोध गर्ने पनि छन् अनि कुनै समुदाय सर्मथन गर्ने नभएका पनि होइनन् । तर पुरै जिल्लाको अवस्था भने फरक छ । मात्रै नेपालगन्ज विभक्त देखिएको यर्थाततालाई लेख्नै पर्ने देखिन्छ ।
नेपालगन्ज लामो समयदेखि विभिन्न कला र संस्कृति अनि भेषभुषा र रहनसहनका लागि विशिष्ट शहर हो । हिन्दु मुस्लिम,क्रिष्टियन,वौद्ध,जैन र अन्य धर्मावलम्विको बसोवास रहेको नेपालगन्जमा पछिल्लो दशकमा केन्द्रको राजनीतिक प्रभावले मिलेर एकैसाथ बसेको समुदायमा केही फाटो आएको तितो सत्यलाई हामीले यतिबेला आत्मसाथ गर्नै पर्दछ । नेपालमा प्रजातन्त्र स्थापनाको लडाँईमा यो क्षेत्र राजनीतिक दलकालागि राम्रो सेल्टर र भारत छिर्ने नाकाका रुपमा प्रयोग भएको थयो भने माओवादी सशस्त्र युद्धताका पनि हात हतियार ओसारपसार अनि घाइते लडाकुको औषधोपचारकालागि प्रयोग भएको क्षेत्र हो नेपालगन्ज । त्यति मात्रै नभएर ०६३को मधेश आन्दोलको जवरजस्त प्रभाव परेको देशकै एक एैतिहांसिक शहर पनि हो –नेपालगन्ज । यसरी हरेक खाले राजनीतिक आन्दोलन र परिवर्तनको साक्षी हो नेपालगन्ज ।

कसैले केही दिए लिउँला भनेर भन्दा पनि कसैले केही खोस्ला भन्ने डर होइन तर नयाँ संविधानलाई दिने र लिने बीचको अन्तरविरोधमा जानाजान केही तत्वले फसाएको देखिन्छ । मधेशको मुद्दा अनि शासक वर्ग भनेर एकतर्फ थोपरिने मुद्दा दुई धारको बीचमा परेको छ –नेपालगन्ज । यहाँ मुस्लिमको इद मनाउने हिन्दु र हिन्दुको रक्षावन्धन मनाउने मुस्लिम नभएका होइनन् । यहाँ खस क्षेत्री वा ब्राह्मणका छोरी चेलि वा मधेसीका छोरी चेलिबीच धुमधामसँग विवाह नहने पनि होइन । यी सबैका वावजुद पनि यहाँ विभेद छ भन्ने विषयमा राजनीति Nepalgunj_केन्द्रीत छ । कतै यहाँ प्रयोजनको राजनीति हावी देखिन्छ त कतै विभेद पनि । विभिन्न दलहरुले राखेका मधेशका मुद्दा एक आपसमा बाझिन्छन अनि समाधान गर्न भनेर खटिएका दलका वार्ता टोलिका भनाई पनि बाझिन्छन् । त्यसैले विषय मुद्दा वा विभेदको भन्दा पनि विषयान्तर भएर आग्रह र पूर्वाग्रहको राजनीति भएको पनि महसुश गर्न सकिन्छ । नेपालगन्ज अरु कुराहरु जस्तै राजनीतिक रुपमा पनि विविधता भएको ऐतिहांसिक शहर हो, जसलाई जगं बहादुरले कतैबाट फिर्ता लिएका थिए । नेपालगन्जका केही विशेषताका अलावा केही संवेदनशिलता पनि रहिआएका छन् । पटक–पटक ति संवेदनशिलतामाथि खेल्ने प्रयास भएका उदाहरण यहाँका स्थानिय वासिन्दालाई थहा भएकै कुरा हो । राजनीति भित्र निहित केही अन्य स्वार्थ यहाँ पटक–पटक चलायमान हुने गर्दछन् । फरक यति मात्रै हो की ति कहिले यता कहिले उताको पक्षमा ढल्किदिन्छन् । कुनै बेला प्रजातन्त्र वा लोकतन्त्रकालागि समेत आवाज उठाउन हिचकिचाउनेहरु अहिले विभेद भयो भन्न सक्ने भएकाछन् भने केही वर्ग राजनीतिक नाफा घाटाको तराजु राखेर नेपालगन्जलाई तौलन खोजिरहेकाछन् । जताको पलरा भारी हुन्छ उनिहरु त्यतै ढल्कीदिनेछन्,उनिहरुलाइ विभेद वा अधिकारसँग जस्तो कुनै साइनो छैन् ।

यसरी पुरै देशको अवस्थालाई एक छिन पर राखेर म नेपालगन्जवासी नेपालगन्जलाई नै हेरेर बोल्दा मेरो आत्मा यही भन्छः त म के गरुँ ? के म यति पनि भन्न नपाउँ की यहाँ के भइरहेको छ । जनता के चाहन्छन भन्ने कुरा राजनीतिक दलको भाषा हो । तर म नयाँ संविधानको घोषणा भएको सेरोफेरोमा रहेर यति त बोल्न पाउँछु ? मेरो मनमा के छ भनेर ? के म मधेसिले कुटलान वा पहाडे या फेरी हिन्दुले लखटलान वा मुस्लिमले पिटलान या त थारुले मार्लान अथवा क्रिष्टियनले गोदलान भनेर सोचेर बोल्ने । अहँ हुँदैन पहिलो अधिकार त बोल्न र लेख्न पाउने नै हो नि । यही त लोकतन्त्र हो नि ।
नेपालको भौगोलिक अवस्था वरपरका २ छिमेकी राष्ट्रको स्वार्थ र हाम्रा आफ्नै वाध्यता अनि निकासकाबीच संविधान सभाबाट बनेको संविधानलाई हामी सकारात्मक रुपमा लिन सके फेरी बाँकी रहेका मुद्दाहरुका लागि लड्ने आधार बन्न सक्ला । यद्यपी कस्ले के गर्ने के नगर्ने भनने तर्फ म ध्यान दौडाउँदिन मैले एउटा नेपाली नागरिक भएर सोच्ने की नसोच्ने । कुरा यति मात्रै हो आजकालागि । यी सबै विषय बहस र छलफल गर्न सकिने क’रा ह’न यो सबैका वाफज’त पनि नेपालमा जारी भएको नयाँ संविधान फगत एउटा कागजको खोस्टो मात्रै नवनोस अनि केवल कसैलाई विभेदको राप नपरिरहोस । नेपालगन्ज बसेर यति मात्रै भन्दछ’ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031