बिहिबार, जेष्ठ १८, २०८०

राजधानीमा खुँडाको नाङगो चान नचाउँदै हिँडेको चारजना पक्राउ

काठमाडौ भाद्र १५ , सार्वजानिक स्थानमा धारिलो हतियार अर्थात खुँडाको नाङगो चान नचाउँदै हिँडेको अवस्थामा गएराति प्रहरीले चारजनालाई खुँडासहित पक्राउ Kaji_Balnara_Singh_Kunwars_fighting_khundaगरेको छ ।  महानगरीय प्रहरीका अनुसार यसरी पक्राउ परेकाहरुमा क्रमस दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६ वर्षीय बिशाल महर्जन, धनकुटा घर भई काठमाडौं बस्दै आएका १६ वर्षीय शिव याख्खा र धादिङका १६ वर्षीय भिम तामाङ रहेको जनाएको छ ।

राजधानीको भिमसेनगोला सडकखण्डबाट निजहरुलाई हिडिरहेको अवस्थामा महानगरीय प्रहरी बृत बानेश्वरले पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख रहेको छ ।