काठमाडौ आश्विन ४, नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलले सयुक्तरुपमा विजयसभाको आयोजना गरेको छ । विजयसभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नु भएको थियो ।