काठमाडौं भाद्र १९, नेपाली काँग्रेसका सभासद् अर्जुननरसिंह केसीले शुक्रबार संसदीय दलमा दर्ता गराउनुभएको संशोधन प्रस्ताव आज सचिवालयमा दर्ता
गराउनुभएको छ । सभासद् केसीले धार्मिक स्वतन्तताको ठाउँमा बहुधार्मिक वा सर्वधर्म लेखिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । यस अघि शुक्रवार काँग्रेसकै सभासद् शेखर कोइरालाले दर्ता गराउनुभएको प्रस्ताव पार्टी नीति विपरीत रहेको भन्दै फिर्ता गर्न निर्देशन दिइएको थियो ।