शुक्रबार, मंसिर १५, २०८०
Dashain

मानवीय कानुन विपरित सामाजिक द्वेष फैलाउँने अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाडौ भाद्र २२, राष्ट्रिय मानवअधिकार आयोगले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन रौतहटको नामबाट यही भदौ १७ गते ‘असहयोग आन्दोलन’ NHRC_Nepal_Press_Release_on_Hate_Speechविषय राखी जारी गरेका प्रेस विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै जारी उक्त विज्ञप्ति मानवाधिकारका दृष्टिकोणबाट आपत्तिजनक रहेको ठहर सहित आपत्ति प्रकट गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले सोमवार जारी गर्नु भएको उक्त प्रेस विज्ञप्तिमा सामाजिक द्वेष फैलाउने तथा निश्चित पेसागत समूहका मानिसलाई उनीहरूको स्वतन्त्रतापूर्वक पेसा–व्यवसाय गर्न तथा बसोबास गर्ने अधिकारसमेत हनन हुने गरी सार्वजनिक गरिएको उक्त विज्ञप्ति मानवाधिकारका दृष्टिकोणबाट आपत्तिजनक रहेको ठहर गरिएको छ । छ ।

साथै विज्ञप्तिमा यो वा त्यो बहानामा मानवाधिकारको विश्वव्यापी घोषणा तथा मानवीय कानुन विपरीत आयोगले यस प्रकारका विद्वेषपूर्ण अभिव्यक्ति सार्वजनिक नगर्न तथा सोअनुरुपका कुनै पनि कार्यलाई प्रोत्साहन नगर्न, नगराउन तथा समाजमा सद्भाव विस्तार गरी मानवाधिकार सुनिश्चित गर्ने, गराउनेतर्फ सक्रिय रहन सम्बन्धित राजनीतिक दल तथा सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031