मङ्लबार, जेष्ठ २३, २०८०

महिलाले कार्यस्थलमा हुने दुव्र्यवहारमा तैँ चुप मैँ चुप भएर बस्दा समस्या झन जटिल : मन्त्री डा. रिजाल

काठमाडौ भाद्र १७, सञ्चारिका समूहद्दारा आयोजित व्यावसायिक बनौँ, सु��क्षित रहौँ भन्ने मुल भाव सहितको पत्रकार महिलाको सुरक्षा निर्देशिका सार्वजनिक 380_48879462081_3790_nगर्दै सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महिलामाथि गलत दृष्टि राख्ने सञ्चारगृह माथि कडाइ गरिनु पर्नेक बताउँनु भएको छ । त्यस्तै मन्त्री रिजालले पीडित आफैँले आफूमाथि भएको अन्यायबारे बोले पछि मात्र अरु सङ्घसंस्था, निकायले न्याय दिलाउन नैतिक आधार बलियो हुँने भन्दै महिलाले कार्यस्थलमा हुने दुव्र्यवहारलाई तैँ चुप मैँ चुप भएर बस्दा समस्या झन जटिल बन्दै जाने पक्ष तफै बेलैमा सचेत हुँनु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले सञ्चारमाध्यमभित्र लैङ्गिकमैत्री वातावरण सिर्जना गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभएकाउक्त कार्यक्रममा   नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सञ्चारकर्मीले सधैँ जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महिला पत्रकारले आफूमाथि भएको कुनै पनि प्रकारका दुव्र्यवहारका बारेमा आफ्नो सञ्चारमाध्यमलाई जानकारी गराउने र तुरुन्त त्यसविरुद्ध कारवाही गर्न सक्ने मेकानिजम तयार गरिनु पर्नेमा पक्षमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, राससका महाप्रबन्धक निर्मला आचार्यले र संञ्चारिका उपाध्यक्ष सुचित्रा श्रेष्ठलगायतले वोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031