योजनालाई सफल बनाउँन काम गर्ने ढृद मनोकांक्षा जागृत हुँनु पर्नेमा प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गको जोड
काठमाडौं भाद्र २२, कहिले फोहरमाथि हुँने गरेको अराजक राजनिति त कहिले यो वा त्यो् बहानामा काठमाडौं महानगरपालिकाले फोहर सिसडोल डम्पिङ साइटमा नलगी राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारेपछि वरपरका स्थानीय क्षेत्र दुर्गन्धित भयो भन्दै विगतमा हुँने गरेको माहानगरवासीको आलोचना एवम् कोप दृष्टिको आरोपबाट उन्मुक्ति लिदै यस पटक भने महानगरपालिकाले फोहर ट्रान्सफर स्टेशनमा फोहोर शुन्य बनाउँने उदारणीय कार्यको सुभारम्भ गरेको छ ।
महानगरको यस अभियानबाट यस अघि राजधानीका मुख्य मार्गहरू एकातर्फ एकसाता भन्दा लामो समय फोहोरको डुंगुर थुप्रिएर राजधानी दुर्गन्धित हुने अवस्थाको अन्त्य हुँनुको अलावा र अर्को तर्फ टेकुस्थित ट्रान्सफर स्टेसनमा पनि त्यहि अनुपातमा फोहोरको डुंगुर थुप्रिदै जाँदा विभिन्न रोगको प्रकोपबाट महानगरका जनता आक्रान्त भई सिर्जना हुन् सक्ने अर्को समस्याबाट समेत महानगरका जनता उनमुक्त भएको बताइएको छ । यसैक्रममा सहरलाई सुग्घर राख्न महानगर पूर्णत प्रतिवद्ध रहेको जनाउँ दिदै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले मंगलबार विभिन्न सञ्चारमाध्यमा कार्यरत सञ्चारकर्मीहरुलाई ट्रान्सफर स्टेशनको स्थलगत अवलोकन भ्रमण गराउँने क्रममा कुनै पनि योजनालाई सफल बनाउँन काम गर्ने ढृद मनोकांक्षा जागृत हुँनु पर्ने अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तै अहिले महानगरपालिकाले नगर क्षेत्रमा उत्पादित फोहोरको समुचित व्यवस्थापन सहित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोर संकलन गरेर संकलित फोहोरलाई ठूला सवारी साधनबाट स्यानिटरी ल्याण्डफिल साइटमा ढुवानी गर्नुको साथै फोहोर व्यवस्थापनका लागि प्रविधियुक्त विधिको अवलम्वन u/]sf] उहाँले जानकारी दिनु भएको छ ।

त्यस्तै महानगरले फोहोर व्यवस्थापनको दिगोपनाकालागि उत्पादकदेखि व्यवस्थापकसम्मको भूमिकाको पहिचान गर्दै प्रविधियुक्त विधि अन्र्तगत श्रोतमा फोहोर घटाउनु , पुन प्रयोग, पुनचक्रिय प्रयोग लाइ प्राथमिकरण गरेको जनाएको छ । साथै फोहोर व्यवस्थापन कार्यमा फोहोर उत्पादन, संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापन सहितको चक्रिय व्यवस्थामा कुनै असर नपर्ने गरि सकारात्मक विश्लेषण गर्दै सबैलाई व्यवस्थापन कार्यमा जिम्मेबार बनाउनु र विसर्जन नगरी नहुने फोहोरलाई वातावरणमैत्री विधिमार्फत अन्तिम व्यवस्थापन गर्ने तयारीका सम्बन्धमा आवश्यक पूर्वाधार सहितको दिगो समाधान मा महानगरले यसपटक उच्च सफलता हाँसिल गरेको जानकारी दिईएको थियो ।