आइतवार, जेष्ठ २१, २०८०

भाषण नगर काम गर’ भन्ने मुलनारा सहित आज देशभर निजामति सेवा दिवस मनाइदै

काठमाडौ भाद्र २२,  आज  राज्यको सेवामा कार्यरत कर्मचारीले ‘भाषण नगर काम गर’ निजामति सेवा दिवस भन्ने मुल नारा सहित मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछन् । दिवसको अवसरमा आज बिहान राजधानीमा प्रभात फेरि निकालीएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
यसै क्रममा कर्मचारीको मनोवल अभिवृद्धिका लागि सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारबाट सम्मानित गर्ने मन्त्रालयले जनाएको छ ।