आइतवार, जेष्ठ १४, २०८०

भारतीय गृहमन्त्री राजनाथ सिहंको अभिव्यक्तिको सर्वत्र आलोचना ,गृहमन्त्रीले त्यस्तो अभिव्यक्ति नदिएको भारतीय राजदूतावासको प्रष्टोक्ति

काठमाडौं भाद्र १५, भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सीमावर्ती उत्तरप्रदेशको महाराजगञ्ज जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) को नयाँ भवन download (8)शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार तराई भूभागमा बसोबास गर्ने एक करोड भारतीय नागरिकलाई सुरक्षित पार्नु आफ्नो चासो भएको भन्दै दिएको भनिएको अभिव्यक्तिको सर्वत्र आलोचना भए पछि नेपालस्थित भारतीय राजदूतावासले  गृृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने कुनै पनि अभिव्यक्ति नदिएको सोमवार विज्ञप्ति प्रकाशन गरी प्रष्टोक्ति दिएका छन ।

भारतीय दूतावाद्दारा  जारी विज्ञप्तिमा गृहमन्त्री सिंहले नेपालमा एक करोड भारतीय रहेको भनी अभिव्यक्ति दिएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मधेसी समस्या नेपालको आन्तरिक विषय भए पनि त्यहाँ बस्ने १ करोड भारतीयहरूको चाहनालाई भारतीय सरकारले संरक्षण गर्नेछ,’ गृहमन्त्री सिंहले भनेको भनी इन्डिया टुडेमा प्रकाशित समाचारप्रति दूतावासले खण्डन गरेको हो ।  त्यस्तै उत्तर प्रदेशमा आइतबार भएको कार्यक्रममा यस्तो केही पनि नबोलेको उल्लेख गरेको छ। गृहमन्त्रीले मधेसी समस्या नेपालीले नै सम्बोधन गर्नुपर्छ भनी अभिव्यक्ति दिएको दूतावासले प्रस्ट पारेको छ।

Indians would be protected in Nepal: Rajnath Singh समाचार शिर्षकमा

भारतीय गृहमन्त्री राजनाथ सिहंको आलोचित भनिएको अभिव्यक्ति हेर्न यहाँ क्लिक गर्नुहोला ।

। नेपालमा नयाँ संविधानको प्रारम्भिक मस्यौदामा प्रस्तावित सिमाङकनक प्रति असहमति जनाउँदै मधेसवादी दलहरुले आन्दोलन गरि मुलुको स्थितीनै अराजक तथा भयावह बनाउँदै आएको अवस्थामा भारतीय गृहमन्त्रीको यस्तो भनाइ इन्डिया टुडे डट आइएनले प्रकाशन गरेपछि गृृहमन्त्री सिंहको उक्त अभिव्यक्ति भाइरल बनेको हो । त्यस्तै उक्त पत्रिकाले नेपालका मधेसीहरु भारतीय भएको उल्लेख गर्दै त्यस्ता धेरै भारतीयले नेपाली नागरिकता पाए पनि अधिकांशले अझै नपाएको पत्रिकाले उल्लेख गरेको छ। मधेसमा रहेका जनतालाई भारतीय जनता पार्टीको एउटा समूहले लामो समयदेखि सहयोग गर्दै आएको समाचारमा उल्लेख छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031