बिहिबार, असार २३, २०७९

बिप्लब नेतृत्वको माओवादीद्दारा आश्विन ३ गते नेपाल बन्दको घोषणा

काठमाडौं भाद्र २९, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले संविधानसभाले नेपालको नयाँ संविधान २०७२ जारी गर्ने दिन अर्थात आश्विन ३ गते ससक्त नेपाल बन्दको घोषणा गरेको छ।  netra-bikram-chand-biplav1विप्लप नेतृत्वको माओवादी पार्टीका प्रबक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डद्दारा आज जारी प्रेस विज्ञप्तिमा कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ००७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको जनयुद्ध एवम् १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित तीन दलले जनविरोधी संविधान जारी गर्न लागेको भन्दै सोको विरोधमा बन्दको आव्हान गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ भनिएको छ ।

विज्ञप्तिको पूर्णपाठः तीन दल र सरकार को तर्फबाट असोज ३ गते जारी गर्ने भनिएको संविधान प्रति पार्टीको दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएका छ । १० कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान नेपाली जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जन आन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं शहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ ।

२० नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ ।

३० देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । ४० यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ । धन्यवाद ।

प्रकाण्ड प्रवक्ता २९ भाद्र ०७२

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031