जायज माग तत्काल पुरा गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं भाद्र १७, माथेमा प्रतिवेदन कार्यान्वयन, विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा अन्त्य, प्रतिवेदनले दोषी ठह-याएका आइओएम’का पदाधिकारीलाई कारबाही, जानकी मेडिकल कलेजमा चाँडो पठनपाठनको व्यवस्था, वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति, फर्जी र नक्कली
बिरामी देखाएर पैसा असुल्ने चिकित्सा कलेजलाई कारबाहीलगायत ८ सूत्रीय माग राखी अनशन बस्नुभएको त्रिवि शिक्षण अस्पताल प्रा डा गोविन्द केसीको विग्रदो स्वास्थ्य अवस्था प्रति नेपाल विधार्थी संले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डा केसीको आन्दोलनमा एैकेवद्धता जनाउँन आज त्रिवि शिक्षण अस्पताल पुग्नु भएका नेविसंघका केन्द्रीय अध्यक्ष रंजितकर्ण नेतृत्वको टोलीले प्रा डा केसीले उठान गर्नु भएको जायज मागको तत्काल सम्बोधन गर्न सरकारसंग माग गर्दै प्रस्तुत आन्दोलमा नेविसंघको पूर्ण साथ र समर्थन रहेको अभिव्यक्ति दिनु भएको संघका प्रवक्ता युपी लामिछाले बताउँनु भएको छ ।