मङ्लबार, जेष्ठ २३, २०८०

प्रमुखदलवीच वार्ता प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने सवालमा छलफल हुँदै

भारतीय राजदूतको एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालवीच गोप्य मन्त्रणा ,प्रमुख तीन दलको संविधानसभा निर्माण प्रक्रिया दुई दिनका लागि स्थगन गर्ने निर्णय अपुरो रहेको मोर्चाको टिप्पणी

 मधेसी मोर्चा भने  अझै वार्ताको पक्षमा  देखिएन

काठमाडौं भाद्र २६, संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका तराइ केन्द्रीत दलसंगको वार्ताको लागि भन्दै जारी संविधान निर्माण 3 dallप्रक्रियालाई दुइ दिन रोकेका प्रमुख दलहवीच आज अनौपचारीक छलफल हुँदैछ । छलफल मुलत मधेसी मोर्चा वार्तामा आए र नआएका अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीत रहने बुझिएको छ ।  तर विधानसभामा शुक्रवार मतदान प्रक्रिया अगाडि बढाउँने कार्यतालिका तय भएको थियो । तर बैठक सुरु हुनु अघिनै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भारतीय राजदूत रणजिराय वीच भएको गोप्य मन्त्रणापछि दलहरुले मतदान प्रक्रिया रोकेर प्रक्रिया स्थगित गरेका थिए ।

यद्यपी दलले जुन लक्ष्यका लागि संविधान निर्माणका प्रक्रिया रोकेका थिए त्यो लक्ष्य प्राप्ति हुँने हो कि होइन त्यो आफैमा अन्यौलको भूमरिमा रुमलिएको अवस्था छ । अर्थात अझै मधेसी मोर्चा भने वार्ताको पक्षमा नदेखिएको सम्वद्ध स्रोतले जनाएको छ ।सयुक्त मधेसी मोर्चाले आफ्ना माग पुरा नभएसम्म वार्तामा नबस्ने बताएको छ । प्रमुख तीन दलको संविधानसभा निर्माण प्रक्रिया दुई दिनका लागि स्थगन गर्ने निर्णय अपुरो रहेको मोर्चाको टिप्पणी रहेको छ । मोर्चाले सरकारले मधेसमा गरेको दमन तत्काल बन्द गर्नुपर्ने, सेना परिचालन फिर्ता लिनुपर्ने र घाइतेको उपचारको व्यवस्था नगरेसम्म वार्तामा नबस्ने बताएको छ । मधेसवादी दलका नेता उपेन्द्र यादव निकठट स्रोतका अनुसार मधेसका अन्य माग सम्बोधन नगरिएकोप्रति आपत्ति जनाउँदै योवीचमा वार्ता गर्नुका् कुनै अर्थ नरहेको बताएका छन । यदि यो वीचमा पनि वार्ता भएन भने दलहरुले रणनीतिक रुपमा प्रक्रिया सुरु गर्नुको कुनै विकल्प बाँकी  रहन्न ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031