बिहिबार, जेष्ठ १८, २०८०

पत्रकारलाई यो वा त्यो बहानामा आक्रमण गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य : प्रेस युनियन

काठमाडौ भाद्र १७, मधेसी मोर्चा र थरुहटको आन्दोलनका क्रममा पत्रकारलाई विभिन्न तरिकाले धम्की दिने घटना बढ्दै गएकोमा गम्भीर आपत्ति प्रकट गर्दै Nepal-Press-Union_20140908050041नेपाल प्रेस युनियनले विगत ३ सातायता देखि आन्दोलित थरुहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले आफ्नो पक्षमा समाचार नछापेको भन्दै मिसन टुडे दैनिकका प्रकाशक सम्पादक बिनोद पौडेलमाथि कार्यालयमै पुगेर कुटपिट तथा दुर्व्यवहार गरेको र कोहलपुरकै प्रतिबोध एफएमका पत्रकार पुजन बिश्वकर्मालाई ज्यान मार्ने धम्की दिदै एफएम जलाइदिने सम्मको चेतावनी दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आफुलाई थरुहटको अगुवा बताउने एमाओबादीका नेता कृष्ण चौधरीको प्रत्यक्ष संलग्नतामा भएको कुटपिटको घटनाको युनियन खेद प्रकट घटनाको कडा शब्दमा भत्र्सना गरेको छ ।
त्यस्तै युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा नागरिकलाई सुसुचित गर्ने पत्रकारमाथि कुटपिट र धम्की दिइएको घटना आफैमा प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको उल्लेख गरिएको छ । साथै वित्रप्तिमा स्वतन्त्र प्रेस र पत्रकारहरुलाई निर्वाध र निर्भयताका साथ समाचार संकलन प्रकाशन र प्रसारण र आवातजावतमा वाधा नपुर्‍याउन नेपाल प्रेस युनियन आन्दोलनरत पक्षहरुसँग आग्रह गर्दै पत्रकारलाई यो वा त्यो बहानामा आक्रमण गर्ने धम्की दिने जस्ता अपराधिक कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न सम्वन्धित पक्षसँग जोडदार माग गरेको छ ।